‘जेनजीका शहीदहरूका सम्झनामा मेचीनगर रन सम्पन्न, विजेतालाई सम्मान र शहीद परिवारलाई सहयोग

  • असोज २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको युथ फर सोसाइटी मेचीनगरले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा शनिबार बिहान ‘मेचीनगर रन–२०८२’ सम्पन्न गरेको छ ।

प्रतियोगितामा पुरुषतर्फ दमकका २३ वर्षीय शरद सिंह र महिलातर्फ दमककी पुष्पा लिम्बु प्रथम बनेका छन् । दुबै जनाले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

त्यसैगरी, पुरुषतर्फ बिर्तामोडका शिव कार्की (१६ वर्ष) दोस्रो र दमकका मिङसेन लिम्बु (१८ वर्ष) तेस्रो बने। महिलातर्फ दमककी मन्दिरा महतरा दोस्रो र रुबिना महतरा तेस्रो स्थानमा रहिन्। दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार पाए।

कुल १६४ जना युवा धावक (१४६ पुरुष र १८ महिला) सहभागी रहेका प्रतियोगिताको दौड मेचीनगर–१५ स्थित ज्यामिरगढी प्रहरी चौकी नजिकबाट सुरु भई धुलाबारी मोडसम्म पाँच किलोमिटर दूरीमा सम्पन्न भएको थियो।

कार्यक्रममा शहीद दिनेश राजबंशी र गोपाल सेढाईको परिवारलाई जनही ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो। सोही क्रममा शहीद दिनेश राजबंशीकी आमा सपना राजबंशीलाई ५० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको सोसाइटी सदस्य जयराम दाहालले जानकारी दिए।

त्यसैगरी, इस्ट होराइजन अंग्रेजी मावि धुलाबारीका प्रिन्सिपल सञ्जीव राईले जेनजी आन्दोलनका शहीदका छोरा–छोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने घोषणा गरे।

कार्यक्रमको उद्घाटन झापा विद्रोहका शहीद वीरेन राजबंशीका छोरा नेत्र राजबंशीले रिबन काटेर गरेका थिए।
शहीद परिवारका सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उनीहरूले नै विजेताहरूलाई पुरस्कार वितरण गरेका थिए।

श्राेत:मेचिनगर अनलाइन 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved