साँगुरीगढीमा मिनी ट्रक दुर्घटना, सहचालकको मृत्यु

  • असोज २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धनकुटाबाट धरानतर्फ सब्जी लिएर आउँदै गरेको मिनी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–९ पाँचगोलाइमा भएको दुर्घटनामा ट्रकका सहचालक २६ वर्षीय नारायण खड्का (उदयपुरगढी–९)को मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्र–३–०१–००३ क ६९०६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई करिब ३०० मिटर तल खस्दा सहचालकको घटनास्थलमै मृत्यु भएको थियो ।

चालक १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन् र उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ट्रकको ब्रेक फेल भई सडकबाट खसेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved