सुनसरीबाट २६ किलो गाँजासहित दुई युवक पक्राउ

  • असोज २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/सुनसरीको गढी गाउँपालिका–४ छिटाहा स्थित नहर नजिक प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहवी र छिटाहाबाट संयुक्त रूपमा खटिएको टोलीले आइतबार दिउँसो करिब ३ बजे स.२ प.७१४६ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा सो मात्रा लागू औषध फेला पारेको हो।

मोटरसाइकलमा राखिएको एउटा कालो झोला र अर्को बोरामा प्याक गरिएको अवस्थामा २६ किलोग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।

सो क्रममा मोटरसाइकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १६ वर्षीय अतिस राई र पछाडिको सिटमा सवार १९ वर्षीय विशाल राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।

 

 

धरानमा सिटी सफारी पल ...

धरान/ सुनसरीको धरान–११ सृजना चोकमा सिटी सफार ...

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved