धरानमा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल हुने विजेतालाई १ लाख रुपैयाँसहित ट्रफी

  • असोज २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान सिटी फुटबल क्लबको आयोजनामा पहिलोपटक नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता आगामी कार्तिक २२ देखि २९ गतेसम्म धरान–१६ स्थित धरान रंगशालामा आयोजना हुने भएको छ।

शनिबार पत्रकार महासङ्घ सुनसरीको हलमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष विवेक राईले प्रतियोगिताको विस्तृत जानकारी दिएका हुन्।

राईका अनुसार, प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछ।

आयोजकसहित धरानका ८ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन्। त्यस्तै, हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार ५ सय रुपैयाँ, र विधागत उत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

धरानका फुटबल प्रेमीहरूका लागि यो प्रतियोगिता एक उत्साहजनक खेल उत्सव बन्ने अपेक्षा गरिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved