धरानका ४० वर्षीय बिनोदको मोटरसाइकल दुर्घटनापछि मृत्यु

  • असोज २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

सुनसरी/ धरान–नडाहा सडकखण्डमा मोटरसाइकल दुर्घटनामा घाइते भएका धरान–५ का ४० वर्षीय बिनोद विश्वकर्माको मृत्यु भएको छ।

प्रहरीका अनुसार मिति २०८२ असोज १० गते साँझ करिब ५ बजेर १० मिनेटमा बराहक्षेत्र नगरपालिका–३ धरान–नडाहा भित्री सडकमा को ३५ प ७३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त मोटरसाइकल धरानबाट नडाहा तर्फ जाँदै गरेको बताइएको छ।

दुर्घटनामा चालक धरान–५ का २९ वर्षीय बिक्रम विश्वकर्मा सकुशल रहँदा पछाडि सवार बिनोद विश्वकर्मा घाइते भएका थिए। उनको टाउको र बायाँ काँधमा चोट लागेको थियो।

घाइते विश्वकर्मालाई चालकले तत्कालै उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा, धरान लगेका थिए।

प्राथमिक उपचारपछि उनी सामान्य अवस्थामा घर फर्किएका थिए। तर, असोज २४ गते बिहान करिब ६ बजे आफ्नै घरमा उनको मृत्यु भएको प्रहरीलाई जानकारी गराइएको छ।

प्रहरीका अनुसार बिनोद विश्वकर्मा लामो समयदेखि फोक्सो र मिर्गौलाको दीर्घरोगी पनि रहेका थिए।

उनको शव कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान पठाइएको थियो।

पोष्टमार्टमपछि शव छोरी एलिना विश्वकर्माले बुझी लगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved