अर्थ

    Showing २०१-२१० of १,०८६ items.
  • सुनसरी उवासंघको चुनाबी सरगमी बढ्यो नेतृत्वको लागि शिवराज र गोपालको चर्चा शुरु

    धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चुनाबी सरमगी बढ्न थालेको छ । संघका अध्यक्ष विजय श्रेष्ठले नेतृत्व गरेको पदाधिकारीको समय अवधी समाप्त हुने र विधानतह नयाँ नेतृत्व चयन गर्नु पर्ने भएकाले संघले यही असार ३० गते नयाँ नेतृत्वको चुनावको लागि तय सुरु गरि मतदाता नविकरण गर्ने कार्यलाई तीब्रता दिदैं चुनावी तयारी गरेको छ । चुनाबी तयारीसँगै नयाँ नेतृत्वको लागि होडबाजी पनि शुरु भइसकेको छ । बर्तमान कार्य समिति प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र निवर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको चर्चा सुरु बढेर गएको छ ।यी दुई उम्मेद्धवारवीच नै टकराव हुने लगभग निश्चित छ ।

    • प्रकाशित मितिः असार ११, २०८२
    • १,४८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगर बजेट ल्याउन असफल,कहिले आउँछ नयाँ बजेट ?

    धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि वजेट  ल्याइरहँदा धरान उमपहानगरपालिकाले भने नयाँ बजेट ल्याउन सकेन । मेयर हर्कराज राई र उप मेयर आइन्द्र विक्रम वेघावीचको विवाद नै तोकिएको समय सीमामा बजेट आउन नसकेको हो ।नयाँ वजेट कहिले आउने हो अनिश्चित बनेको छ । धरान उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट समयसीमामा ल्याउन नसक्दा जनप्रतिनिधी नै असफल भएका छन। राजस्व परामर्श समितिको वैशाख ३० गते भएको बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ भने उक्त समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने अनुमान गरेको थियो । यता बजेट तर्जुमा

    • प्रकाशित मितिः असार १०, २०८२
    • ५८८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगर महानगरको ४ अर्ब ४० लाखको बजेट सार्वजनिक

    विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १६औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले आगामी वर्षका लागि बजेट प्रस्तुत गरेकी हुन् । बजेट अनुसार प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । ऋणको सावाँ र ब्याज भुक्तानीमा ५ करोड, चालु वर्षका बाँकी भुक्तानीमा ८ करोड र बहुवर्षीय आयोजनाको भुक्तानीका लागि ७० करोड छुट्याइएको छ । सडक पूर्वाधार र बस्ती विकास तथा नगरस्तरीय योजना लगायत पूर्वाधार विकासतर्फ मात्र १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । वडास्तरीय योज

    • प्रकाशित मितिः असार १०, २०८२
    • ७४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–१६ मा महिलालाई आत्मनिर्भर बनाउन व्युटिसिएन तालिम

    धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ धरान उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयले सौन्दर्य सम्बन्धी तालिम सञ्चालन गरेको छ । वडाले विगतदेखि नै महिला लक्षित तालिमहरु सञ्चालन गर्दै आएको भए पनि पछिल्लो समय महिलाहरुको माग अनुसार सौन्दर्य (व्युटीपार्लर) तालिम सुरु गरिएको हो । वडाध्यक्ष मुरारीप्रसाद भट्टराईका अनुसार तालिममा ५० भन्दा बढी महिलाहरु सहभागी छन् । प्रशिक्षित व्युटिसियन बन्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ महिलाहरुले तालिममा सक्रिय सहभागिता जनाइरहेका छन् । तालिम एक महिनाको अवधिको हुनेछ । दक्ष प्रशिक्षकबाट व्यावसायिक ढंगले तालिम दिइँदैछ । दलित महिला

    • प्रकाशित मितिः असार १०, २०८२
    • ५७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र नगरपालिकाले सार्वजनिक गर्‍यो एक अर्ब रुपैयाँको बजेट, महिलाको आर्थिक उत्थानमा जोड

    धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार सम्पन्न नगरपालिकाको १६औं नगरसभामा उपप्रमुख नन्दकुमारी सुनुवारले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सीमान्तकृत समुदाय र महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन्। उनका अनुसार संघीय, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समेटिएको बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ। बजेटको मुख्य स्रोत र अनुमान नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ उठाउने अनुमान गरेको छ। संघ

    • प्रकाशित मितिः असार ९, २०८२
    • ६८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु इटहरीमा : १ अर्ब २६ करोड

    इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै बेरुजु रकम सुनसरीको इटहरी उपमहानगरपालिकामा देखिएको छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार इटहरीमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु रहेको उल्लेख छ । हालै सार्वजनिक भएको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा मात्रै १६ करोड २१ लाख १२ हजार ५७८ रुपैयाँ बेरुजु थपिएको छ । तर, सो अवधिमा बेरुजु फर्छ्यौट भने शून्य देखिएको छ । त्यसैगरी, उपमहानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु बुटवल उपमहानगरपालिकामा देखिएको छ । बुटवलमा जम्मा ३ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । इटहरीपछि बढी बेरुजु रहने उपमहानगरपालिकामा जन

    • प्रकाशित मितिः असार ९, २०८२
    • ८५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेची भन्सार कार्यालयले ११ महिनामा १४ अर्ब ४३ करोडभन्दा बढी राजस्व सङ्कलन

    झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो सोही अवधिको लक्ष्यको ९१.५६ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आर्थिक वर्षको जेठसम्मका लागि १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो। गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने लक्ष्यअनुसार १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँमध्ये ७७.५६ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो। भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट सबैभन्दा धेरै ६०.८१ प्रतिशत अर

    • प्रकाशित मितिः असार ९, २०८२
    • ५७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको बजेट प्रक्रिया फेरि अल्झियो, नगरसभा अनिश्चित

    धरान/लामो समयपछि धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तथा कार्यक्रम पेश गर्न बोलाइएको कार्यपालिका बैठक पुनः विवादमा परेपछि आइतबार स्थगित भएको छ। उपमेयर अइन्द्र विक्रम बेघासहित २८ जना नगर कार्यपालिका सदस्यहरूले कानुनी प्रक्रिया र आवश्यक तयारी बिना बैठक बस्न मिल्दैन भन्दै मेयर हर्कराज साम्पाङलाई लिखितरूपमा पत्र बुझाएपछि बैठक सुरु नहुँदै स्थगित भएको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र नगरसभामा वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। तर, आइतबार (असार ८) को बैठक स्थगित भएपछि तोकिएको मितिमा धरानको बजेट तथा कार्यक्रम नगरसभामा पेस हु

    • प्रकाशित मितिः असार ९, २०८२
    • १,०६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको आर्थिक सुधार अभियान : सम्पूर्ण कारोबार बैंकमार्फत मात्र

    धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अबदेखि पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ। भेडेटारमा सम्पन्न दुईदिने ‘आर्थिक तथा लेखा व्यवस्थापन तालिम’को समापन कार्यक्रममा यस्तो घोषणा गरिएको हो। केन्द्रीय लेखा आयोगको आयोजनामा प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित तालिममा २१ बुँदे सामूहिक प्रतिबद्धता समेत सार्वजनिक गरिएको केन्द्रीय लेखा आयोग सदस्य डिबी शाहशंकरले बताए  । उक्त घोषणामा पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखिएको छ। घोषणापत्रअनुसार अब पार्टीका सम्पूर्ण आर्थिक गतिविधि बैंकिङ प्रणालीमार

    • प्रकाशित मितिः असार ८, २०८२
    • ६५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रसायनिक मल हिनामिना प्रकरणमा फरार अभियुक्त पक्राउ

    ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंबाट दोषी ठहर भई फरार रहेका दिलचन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका–११ निवासी ५२ वर्षीय राईलाई विशेष अदालतको २०७९ साल भदौ २८ गतेको फैसला अनुसार २ वर्ष ६ महिना कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना तोकिएको थियो। सो फैसला पश्चात् लामो समयदेखि लुकीछिपी फरार रहेका राईलाई प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दै गएको थियो। यसै क्रममा मिति २०८२ साल असार ५ गते दिउँसो १ बजे ईटहरीको भवानीपुरस्थित सामुदायिक प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उनलाई निजकै घर आसपासबाट पक्राउ गरेको हो।

    • प्रकाशित मितिः असार ६, २०८२
    • ७०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved