धरान उपमहानगर बजेट ल्याउन असफल,कहिले आउँछ नयाँ बजेट ?

  • असार १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि वजेट  ल्याइरहँदा धरान उमपहानगरपालिकाले भने नयाँ बजेट ल्याउन सकेन ।
मेयर हर्कराज राई र उप मेयर आइन्द्र विक्रम वेघावीचको विवाद नै तोकिएको समय सीमामा बजेट आउन नसकेको हो ।नयाँ वजेट कहिले आउने हो अनिश्चित बनेको छ । धरान उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट समयसीमामा ल्याउन नसक्दा जनप्रतिनिधी नै असफल भएका छन।

राजस्व परामर्श समितिको वैशाख ३० गते भएको बैठकले प्रतिवेदन तयार पारेर वैशाख ३१ मा मेयर साम्पाङलाई बुझाइसकेको छ भने उक्त समितिले धरानमा १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउन सकिने अनुमान गरेको थियो ।

यता बजेट तर्जुमा समितिका संयोजक समेत रहेका उपमेयर अइन्द्रविक्रम बेघाले मेयर हर्क साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसकेका कारण बजेट सम्बन्धि काम अघि बढ्न नसकेको बताउँदै आएका छन् ।

आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट तथा कार्यक्रम पेश गर्न बोलाइएको कार्यपालिका बैठक पुनः विवादमा परेपछि आइतबार स्थगित भएको थियो ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र नगरसभामा वार्षिक बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने कानुनी व्यवस्था छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ (६)(१) अनुसार प्रत्येक वर्ष वैशाख १० गतेभित्र बजेटको प्राथमिक सिलिङ तय गरिनुपर्ने र वैशाख १५ भित्र वडाहरू तथा सम्बन्धित शाखाहरूलाई जानकारी गराइसक्नुपर्ने व्यवस्था छ।त्यसपछि तर्जुमा समितिले बजेट तथा कार्यक्रम तयार पारेर कार्यपालिकाबाट अनुमोदन गराई असार १० भित्र नगरसभामा पेस गरिनुपर्ने हुन्छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved