एमालेको आर्थिक सुधार अभियान : सम्पूर्ण कारोबार बैंकमार्फत मात्र

  • असार ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ कोशी प्रदेशका सबै जिल्लामा नेकपा एमालेले अबदेखि पार्टीका सम्पूर्ण आर्थिक कारोबार नगद होइन, बैंकमार्फत मात्रै सञ्चालन गर्ने भएको छ।

भेडेटारमा सम्पन्न दुईदिने ‘आर्थिक तथा लेखा व्यवस्थापन तालिम’को समापन कार्यक्रममा यस्तो घोषणा गरिएको हो। केन्द्रीय लेखा आयोगको आयोजनामा प्रदेशका १४ वटै जिल्लाका लागि आयोजित तालिममा २१ बुँदे सामूहिक प्रतिबद्धता समेत सार्वजनिक गरिएको केन्द्रीय लेखा आयोग सदस्य डिबी शाहशंकरले बताए  ।WhatsApp Image 2025-06-22 at 20.18.15

उक्त घोषणामा पार्टीभित्रको आर्थिक पारदर्शिता र जवाफदेहिता बढाउने लक्ष्य राखिएको छ। घोषणापत्रअनुसार अब पार्टीका सम्पूर्ण आर्थिक गतिविधि बैंकिङ प्रणालीमार्फत मात्रै गरिनेछ। त्यसैगरी लेखापरीक्षण अनिवार्य गरिने, बजेट निर्माण गरी योजना अनुसार खर्च गर्ने, ऋण चुक्ता गर्ने र खर्चमा मितव्ययिता अपनाउने प्रतिवद्धता व्यक्त गरिएको   छ।

WhatsApp Image 2025-06-22 at 20.18.16 1

पार्टीको लेखा प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन डिजिटल प्रणाली, नीतिगत अनुशासन र वित्तीय योजना समेत लागू गरिने जानकारी दिइएको छ। साथै पार्टी विधान, नीति र निर्देशनहरूको पूर्ण पालना गरिने उल्लेख छ।

तालिममा सहभागी जिल्ला, महानगर तथा उपमहानगर कमिटी अध्यक्षहरूले लेखापरीक्षणसहितको वार्षिक प्रतिवेदन पेश गर्ने, खर्च र क्रियाकलापको लेखाजोखा राख्ने, आन्तरिक अनुगमन गर्ने तथा कुनै पनि सम्पत्ति वा लगानी समितिको अनुमति बिना प्रयोग नगर्ने नीति अवलम्बन गर्ने संकल्प गरेका छन्।

घोषणापत्रमा लेखा अनुशासन र मितव्ययिताको अभ्यास पार्टी जीवनमा मात्र सीमित नराखी व्यक्तिगत जीवन र अन्य संस्थागत व्यवहारमा पनि लागू गरिने उल्लेख छ।

तालिमका प्रशिक्षकहरूले सिकाइएका सिद्धान्तहरू व्यवहारमा लागू नगरी केवल कागजमा सीमित राखे पार्टी सुधार सम्भव नहुने धारणा राखेका थिए।

तालिम कार्यक्रममा शुभकामना मन्तव्य एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले दिनुभएको थियो भने कार्यक्रमको अध्यक्षता एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले गर्नुभएको थियो।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved