धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चुनाबी सरमगी बढ्न थालेको छ ।
संघका अध्यक्ष विजय श्रेष्ठले नेतृत्व गरेको पदाधिकारीको समय अवधी समाप्त हुने र विधानतह नयाँ नेतृत्व चयन गर्नु पर्ने भएकाले संघले यही असार ३० गते नयाँ नेतृत्वको चुनावको लागि तय सुरु गरि मतदाता नविकरण गर्ने कार्यलाई तीब्रता दिदैं चुनावी तयारी गरेको छ ।
चुनाबी तयारीसँगै नयाँ नेतृत्वको लागि होडबाजी पनि शुरु भइसकेको छ ।
बर्तमान कार्य समिति प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ र निवर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको चर्चा सुरु बढेर गएको छ ।यी दुई उम्मेद्धवारवीच नै टकराव हुने लगभग निश्चित छ । दुबै जना आँकाक्षी उम्मेद्धवारले गृहकार्य पनि शुरु गरेका छन् ।
उनीहरुले नयाँ नेतृत्वको अध्यक्षमा आफुलाई अमुल्य मत दिई विजय गराउन मतदाताहरुसँग अपील पनि गर्न थालेका छन् ।
तर मतदाताहरुले भने नेतृत्व गर्न सक्ने क्षमताको आँकलन गर्न थालेका छन् ।
चुनाबी प्रतिष्पधाको लागि लगभग निश्चित नै भएका दुवैजना अध्यक्षका उम्मेद्धवारको कार्य क्षमताको बारे बजारमा तर्क वितर्क हुने गरेको छ । अध्यक्षका उम्मेद्धवारका आकाँक्षी शिवराजसँग नेतृत्व गर्ने क्षमता र कार्य कुशलताको अनुभवी ब्यतिmको रुपमा मतदाताहरुले मुल्याँकन गरेका छन् । सुनसरी उवासंघको प्रथम उपाध्यक्ष हुँदै दर्जनौं संघ सस्थाको अनुभव समेत बटुलेका श्रेष्ठ यस अघि पनि संघको अध्यक्षको लागि प्रत्यासी उम्मेद्धवार समेत रहेका थिए । गहिरो अनुभब छ ।शिवराजलाई सक्षम र नेतृत्व गर्न सक्ने उम्मेद्धवारको रुपमा हेर्ने गरेका छन् ।
यता चर्चामा आएको उम्मेद्धवार गोपाल श्रेष्ठ भने सफल व्यवसायीको रुपमा परिचित भएपनि नेतृत्व गर्न सक्ने क्षमता नभएको व्यापार व्यवसायीहरुको ठम्याँई छ छ । उनी व्यापार व्यवसायमा सफल मानिएपनि संघको लागि नयाँ अनुहार भएकाले कम्तीमा शिवराज श्रेष्ठ नै बलिया उम्मेद्धवारको रुपमा हेरिएको छ ।गोपाल श्रेष्ठ बर्तमान समितीको प्रथम उपाध्यक्ष भए तापनि अनुभवको आधारमा आलोकाँचो नै मानिन्छन् ।
विसुद्ध व्यापार व्यवसायी गर्नेहरुको छाता संगठन भनिएपनि अन्ततगत्व चुनाबताका भने त्यहीँ राजनीतिक गन्ध नै प्रधान हुने गर्दछ र त्यही राजनीतिक पार्टीको समर्थनका उम्मेद्धवारलाई चुनाबमा मतदाताहरुले विजय गराउँदै आएका छन् ।रोचक त के छ भने अहिले सम्म देखिएको उम्मेद्धवारहरु दुबै जना एमाले समर्थित नै हुन ।
गोपाल श्रेष्ठले विगत केही वर्षदेखि भने एमालेको पार्टी संगठनमा निस्क्रिय रहेर विसुद्ध व्यवसायीको नेता बन्ने कोशीसमा देखिन्छन् । शिवराज श्रेष्ठ भने नेकपा एमाले धरान उपमहानगर कमिटीको आर्थिक विभाग प्रमुख समेत हुन् । यसपाली दुवै जना एमालेकै नेतृत्व भएकाले के हुने भन्ने कौतुहलता र अन्यौलता भने बढेर गएको देखिन्छ ।
तर शिवराजलाई एमालेले आधिकारिक उम्मेद्धवार घोषणा गर्ने संकेत छ । यता गोपाल श्रेष्ठलाई काँग्रेस निकट व्यापारी व्यवसायीहरुले समर्थन गर्ने संकेत छ ।
सुनसरी उद्योग बाणिज्य संघका महासचिब महेन्द्र प्रधानका अनुसार आगामी असार ३० गते हुने निर्वाचनका लागि ३७ सय मतदाताहरु रहेका छन् ।
संघले यही असार १९ गते सम्म सदस्यता नविकरण गर्ने अन्तिम समय दिएको छ, सोही अनुसार मतदाता टुंगो लाग्ने महासचिब प्रधानको भनाई छ ।निर्वाचन कार्यतालिका समेत मंगलबार सार्वजनिक भएको छ ।