धरान–१६ मा महिलालाई आत्मनिर्भर बनाउन व्युटिसिएन तालिम

  • असार १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ धरान उपमहानगरपालिका–१६ नम्बर वडा कार्यालयले सौन्दर्य सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

वडाले विगतदेखि नै महिला लक्षित तालिमहरु सञ्चालन गर्दै आएको भए पनि पछिल्लो समय महिलाहरुको माग अनुसार सौन्दर्य (व्युटीपार्लर) तालिम सुरु गरिएको हो ।

वडाध्यक्ष मुरारीप्रसाद भट्टराईका अनुसार तालिममा ५० भन्दा बढी महिलाहरु सहभागी छन् । प्रशिक्षित व्युटिसियन बन्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ महिलाहरुले तालिममा सक्रिय सहभागिता जनाइरहेका छन् ।

तालिम एक महिनाको अवधिको हुनेछ । दक्ष प्रशिक्षकबाट व्यावसायिक ढंगले तालिम दिइँदैछ ।

दलित महिला प्रविना धौलाकोटीले सिकेको सीपलाई व्यवहारमा उतारी सुरुमा अन्य व्युटीपार्लरमा कर्मचारीको रूपमा काम गर्ने र पछि आफैँ व्यावसायिक पार्लर खोल्ने योजना बनाएकी छन् । अरुणा राई र सुनिता शंकर लगायतका सहभागी महिलाहरुको पनि प्रविनासँग मिल्दोजुल्दो सोच रहेको छ ।

वडाको महिला लक्षित कार्यक्रममा पिछडिएको समुदायका महिलाहरुको उल्लेख्य उपस्थिति रहेको छ । अन्य समुदायका महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको वडा सदस्य मीरा विश्वकर्माले जानकारी दिइन् ।

उनका अनुसार वडा कार्यालयले महिला, दलित, आदिवासी जनजाति तथा अल्पसंख्यक समुदायका सदस्यहरुलाई स्वरोजगारमुखी बनाउने उद्देश्यले यस्ता तालिमहरु सञ्चालन गर्दै आएको छ ।

वडाध्यक्ष भट्टराईका अनुसार आगामी दिनमा १० जना पुरुषलाई समेत ‘हेयर कटिङ’ तालिम दिने योजना रहेको छ ।

संघीयता कार्यान्वयनसँगै वडा–वडामा सेवा र अवसरको अनुभूति गराउने उद्देश्यले महिला स्वास्थ्य, शिक्षा तथा स्वरोजगारमुखी कार्यक्रमलाई प्राथमिकता दिइएको

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved