उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु इटहरीमा : १ अर्ब २६ करोड

  • असार ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै बेरुजु रकम सुनसरीको इटहरी उपमहानगरपालिकामा देखिएको छ ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार इटहरीमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको बेरुजु रहेको उल्लेख छ ।

हालै सार्वजनिक भएको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा मात्रै १६ करोड २१ लाख १२ हजार ५७८ रुपैयाँ बेरुजु थपिएको छ । तर, सो अवधिमा बेरुजु फर्छ्यौट भने शून्य देखिएको छ ।

त्यसैगरी, उपमहानगरपालिकामध्ये सबैभन्दा कम बेरुजु बुटवल उपमहानगरपालिकामा देखिएको छ । बुटवलमा जम्मा ३ लाख ३८ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

इटहरीपछि बढी बेरुजु रहने उपमहानगरपालिकामा जनकपुर, तुलसीपुर, जितपुर–सिमरा, कलैया, घोराही, हेटौंडा रहेका छन् । त्यसपछिको सूचीमा धरान उपमहानगरपालिका पर्छ ।

धरानमा अहिले ४१ करोड ९६ लाख रुपैयाँ बेरुजु देखिएको छ । चालु आर्थिक वर्षमा ८ करोड ७६ लाख ९७ हजार रुपैयाँ थप बेरुजु भएको छ ।

यद्यपि, आर्थिक वर्ष २०८०/८१ मा १ करोड ६७ लाख २६ हजार रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट प्रक्रियामा रहेको उल्लेख छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved