मेची भन्सार कार्यालयले ११ महिनामा १४ अर्ब ४३ करोडभन्दा बढी राजस्व सङ्कलन

  • असार ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यो सोही अवधिको लक्ष्यको ९१.५६ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आर्थिक वर्षको जेठसम्मका लागि १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने लक्ष्यअनुसार १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँमध्ये ७७.५६ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आवको ११ महिनामा पेट्रोलियम पदार्थ आयातबाट सबैभन्दा धेरै ६०.८१ प्रतिशत अर्थात् आठ अर्ब ७८ करोड २७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

त्यसपछि तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन तथा पाटपुर्जा आयातबाट ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार, कफीबाट २१ करोड ५४ लाख ७० हजार र दलहनबाट २० करोड ७७ लाख ३९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

चालु आवको ११ महिनामा मेची भन्सारमार्फत २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

त्यस्तै, सोही अवधिमा ४० अर्ब ७७ करोड छ लाख ४८ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी सूचना अधिकारी हुमागाईँले दिनुभएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved