वराहक्षेत्र नगरपालिकाले सार्वजनिक गर्‍यो एक अर्ब रुपैयाँको बजेट, महिलाको आर्थिक उत्थानमा जोड

  • असार ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सोमबार सम्पन्न नगरपालिकाको १६औं नगरसभामा उपप्रमुख नन्दकुमारी सुनुवारले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सीमान्तकृत समुदाय र महिलाको आर्थिक उत्थानलाई विशेष प्राथमिकता दिइएको जानकारी दिइन्।

उनका अनुसार संघीय, प्रदेश र आन्तरिक स्रोतबाट प्राप्त हुने रकम समेटिएको बजेट सन्तुलित विकास, आयआर्जन तथा सामाजिक उत्थानमुखी कार्यक्रमहरूमा खर्च गरिनेछ।

बजेटको मुख्य स्रोत र अनुमान

नगरपालिकाले आन्तरिक आयबाट ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ उठाउने अनुमान गरेको छ।

संघीय सशर्त अनुदानबाट ४७ करोड १ लाख, समपूरक अनुदानबाट ३ करोड ४१ लाख, विशेष अनुदानबाट ७५ लाख, वित्तीय समानीकरण अनुदानबाट १९ करोड ३४ लाख, संघीय राजस्व बाँडफाँडबाट १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ प्राप्त हुने छ।

प्रदेश सरकारतर्फबाट प्रदेश सशर्त अनुदान अन्तर्गत २ करोड ३० लाख ५६ हजार, समपूरक अनुदानबाट १ करोड, वित्तीय समानीकरण अनुदानबाट १ करोड ८२ लाख ५० हजार र प्रदेश राजस्व बाँडफाँडबाट १ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

खर्च विनियोजन

आगामी वर्षका लागि नगरपालिकाले चालु खर्चतर्फ १५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ। वडा कार्यालयहरूका लागि ८ करोड ८० लाख र पुँजीगत बजेटतर्फ २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ विनियोजन गरिएको छ।

त्यस्तै, संघीय सशर्त अनुदानबाट ४७ करोड १ लाख, प्रदेश सशर्त अनुदानबाट २ करोड ३० लाख ५६ हजार, संघीय समपूरक अनुदानबाट ३ करोड ४१ लाख, प्रदेश समपूरक अनुदानबाट १ करोड र संघीय विशेष अनुदानबाट ७५ लाख रुपैयाँ विनियोजन गरिनेछ।

उपप्रमुख सुनुवारका अनुसार सीमान्तकृत र पछाडि पारिएका समुदायहरू, विशेष गरी महिलाहरूका लागि आयआर्जन र सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछ।

 

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

धरानबाट जङ्गलतर्फ लग ...

सुनसरी/ धरानबाट कालाबञ्जारतर्फ जङ्गल हुँदै गइरहेको अवस् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved