रसायनिक मल हिनामिना प्रकरणमा फरार अभियुक्त पक्राउ

  • असार ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंबाट दोषी ठहर भई फरार रहेका दिलचन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका–११ निवासी ५२ वर्षीय राईलाई विशेष अदालतको २०७९ साल भदौ २८ गतेको फैसला अनुसार २ वर्ष ६ महिना कैद र ७ लाख ५३ हजार ६७५ रुपैयाँ जरिवाना तोकिएको थियो।

सो फैसला पश्चात् लामो समयदेखि लुकीछिपी फरार रहेका राईलाई प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दै गएको थियो। यसै क्रममा मिति २०८२ साल असार ५ गते दिउँसो १ बजे ईटहरीको भवानीपुरस्थित सामुदायिक प्रहरी बिटबाट खटिएको प्रहरी टोलीले उनलाई निजकै घर आसपासबाट पक्राउ गरेको हो।

पक्राउ परेका राईलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पठाइएको प्रहरीले जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved