अर्थ

    Showing 1-10 of 1,054 items.
  • रामधुनी वनको हरियाली अभियान: वर्षेनी ३५ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण

    धरान/ सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष करिब ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ। विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीबाट उत्पादन गरिएका बिरुवाको माग वर्षेनि बढ्दै गएको कार्यालयले जनाएको छ। सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता, अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरिन्छ। तीमध्ये केही बिरुवा चालु वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवालाई अघिल्ला वर्षदेखि संरक्षण गरी हुर्काइँदै आएको उनले जान

    • प्रकाशित मितिः असार २८, २०८३
    • 104 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिलोमा रमाउँदै धान रोप्न सिके हिबिस्कसका विद्यार्थीले

    धरान/ सुनसरीको धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीलाई कक्षाकोठाको सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले शनिबार धरान–५ को देवीगाउँ सिरानस्थित खेतमा धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विद्यालयका विद्यार्थीहरू खेतमै उत्रिएर धान रोप्ने, बिउ ओसार्ने तथा आलि बाउसे गर्ने जस्ता कृषि गतिविधिमा प्रत्यक्ष सहभागी बने। उनीहरूले धानको बिउदेखि चामल उत्पादनसम्मको सम्पूर्ण प्रक्रियाबारे व्यवहारिक रूपमा बुझ्ने अवसर पाए। विद्यालयको पोसाकमै खेतमा पुगेका साना विद्यार्थीहरू हिलोमा रमाउँदै धान रोपाइँमा सहभागी भएको दृश्यले सबैको ध्यान आकर्षित

    • प्रकाशित मितिः असार २७, २०८३
    • 759 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नवोदय कलेजमा विद्यार्थीलाई आर्थिक अपराधबारे प्रशिक्षण

    धरान/ आर्थिक तथा वित्तीय अपराधका बढ्दा घटनाप्रति विद्यार्थीलाई सचेत र जिम्मेवार बनाउन धरान–१६ स्थित युएन नवोदय कलेजमा विशेष सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय धरानको आयोजनामा कलेजको सभाहलमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक युएन नवोदय कलेजका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रहरी वरिष्ठ नायव निरीक्षक देवी बहादुर कार्कीले आर्थिक तथा वित्तीय अपराधका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए। उनले पछिल्लो समय अनलाइन ठगी, बैंकिङ ठगी, डिजिटल भुक्तानी प्रणालीको दुरुपयोग, साइबरमार्फत हुने आर्थिक अपरा

    • प्रकाशित मितिः असार २४, २०८३
    • 341 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान औद्योगिक क्षेत्रमा ५ नयाँ उद्योग भित्रिए, ३५ करोड लगानीसँगै ३५० जनाले रोजगारी पाउने

    धरान/  धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग भित्रिएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि निष्क्रिय रहेका पाँच उद्योगको लिज सम्झौता रद्द गर्दै नयाँ उद्योगलाई स्थान दिएसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको हो। नयाँ उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीवनारायण बन्जाडेले जानकारी दिए। उनका अनुसार कानुनी प्रक्रिया पूरा गरी उत्पादन नगरी लामो समयदेखि जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरिएको हो। निष्क्रिय उद्योगको सम्पत्ति मूल्याङ्कन गरी कम्पनीको विनियमावलीब

    • प्रकाशित मितिः असार २३, २०८३
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर

    धरान/  वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले अहिले आफ्नै गाउँमा पेडा व्यवसाय सञ्चालन गरेर मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै सफल उद्यमीको परिचय बनाएका छन्। मलेसियाबाट स्वदेश फर्किएपछि केही वर्ष धरान–चतरा–रामपुर सडकखण्डमा ट्याम्पो चलाएका साह चतराघाटमा सञ्चालन भइरहेका पेडा पसलबाट प्रभावित भएर तीन वर्षअघि यस व्यवसायमा होमिएका हुन्। सुरुआती चरणमा विभिन्न प्रकारका मिठाइ उत्पादन गरी बिक्री गर्दै आएका उनले पछि पेडा उत्पादनमा केन्द्रित भए। अहिले उनको व्यवसाय राम्रोसँग चलिरहेको छ भने देशका विभिन्न जिल्लाबाट आउने यात्रु र

    • प्रकाशित मितिः असार २१, २०८३
    • 123 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको सेल्फी रोड लुटकाण्डमा ४ पक्राउ

    धरान/ धरान–१४ स्थित विजयपुर जाने सेल्फी रोडमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्। पक्राउ पर्नेमा धरान–१६ का २२ वर्षीय विवेक राई, धरान–१३ का २६ वर्षीय 'माछा' भन्ने उज्ज्वल राई, २६ वर्षीय रोशन मगर र २७ वर्षीय 'तोरी' भन्ने विकेश रुम्बा रहेका छन्। एक जना तामाङ थरका व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका उज्ज्वल राईको साथबाट आइफोन ११ र विवेक राईको साथबाट तरबार बरामद भएको छ। गत असार १९ गते राति क्याफेबाट घर फर्किरहेका सन्तोष भुर्तेल र देव बिसुङ्खेलाई तरबार देखाएर ज्यान मार्ने धम

    • प्रकाशित मितिः असार २१, २०८३
    • 246 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान उपमहानगरको बजेट ढिलाइ : यो साताभित्र ल्याउँछौ

    धरान/  धरान उपमहानगरपालिकाले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्न नसकेपछि आलोचना सुरु भएको छ। गत आर्थिक वर्षमा पनि तत्कालीन मेयर हर्कराज राई (हर्क साम्पाङ) नेतृत्वमा बजेट असोज ४ गते मात्र सार्वजनिक भएको थियो। यसपटक पनि बजेट ढिलो हुने संकेत देखिएपछि धरानमा त्यसैको पुनरावृत्ति हुने हो कि भन्ने चर्चा चल्न थालेको छ। कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले भने बजेट तयारी अन्तिम चरणमा पुगेको बताउँदै यही साताभित्र सार्वजनिक गर्ने दाबी गरेका छन्। उनका अनुसार बजेट निर्माणका क्रममा नागरिकका अपेक्षा र आवश्यकतालाई समेट्ने प्रयास गर्दा

    • प्रकाशित मितिः असार १८, २०८३
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हङकङ मञ्चको नेतृत्वमा संजोक राई सर्वसम्मत

    सुनसरी/ हङकङमा रहेका धरानेहरुको हकहितका लागि सन १९९९ मा स्थपना भएको धरान हङकङ मञ्चको २८ जुन आइतवारको दिन भव्य रुपमा १२ औ अधिवेशन संपन्न भएको छ । अधिवेशनले संजोक राईको नेतृत्वमा १३ जनाको नया कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । हङकङको जोर्डन स्थित किरात याक्थुम चुम्लुङको हलमा संपन्न अधिवेशन वाट १३ जनाको नया कार्यसमिति चयन भएको हो । राई नेतृत्वमा पदाधिकारीहरुमा उपाध्यक्ष रविन तामाङ, सचिव बिकास चाम्लिङ राई, सहसचिव मनोज श्रेष्ठ र कोषाध्यक्षमा दिलकुमार राई सन्जु निर्वाचित भएका छन ।  यसैगरि सदस्यहरुमा रोशन लिम्वु, किशोर लिम्वु, विजयप्रसाद राई, जोना गुरुङ्ग, राजकुमार राई, आविष्कार लिम्वु,

    • प्रकाशित मितिः असार १५, २०८३
    • 1,061 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीलाई फूलैफूलको बगैंचा

       - रणध्वज लाेहार धरान/ किमाथांका सडकमा फूलको बगैचाःतत्कालिन मुख्यमन्त्री शेरधन राई तत्कालिन १ नम्बर प्रदेश अर्थात कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले विराटनगर किमाथांका ६ लेण्डको सडकमा प्रदेशको सौन्दर्यकरण बढाउनको लागि सडक आसपासमा फूल रोपेर सौन्दर्यकरणमा आकर्षण थप्ने योजना थियो । उक्त योजना आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समेटर योजना बनाएको संस्थापक मुख्यमन्त्री शेरधन राईले बताए । विराटनगर किमाथांका सडक आसपासमा फूल लगाउने कन्सेप्ट अघि सारिएको हो तर कार्यान्यन हुन सकेन संस्थापक मुख्यमन्त्री राईले भने । सरकारको नीति तथा कार्यक्रममा नै विराटनगर किमाथांक

    • प्रकाशित मितिः असार १५, २०८३
    • 593 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस वर्ष पनि धरान चुक्यो समयमै बजेट ल्याउन

    धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते नगर सभा गरेर निति कार्यक्रम सहित बजेट घोषणा गरिसक्नु पर्ने हुन्छ । आर्थिक वर्ष २०८३/८४ का लागि असार १० गते नगरसभा गरिसक्नु पर्ने हुन्छ । तर धरानले यस वर्ष पनि कानुनले तोकेकै समयमा नगरसभा घोषणा गरेर बजेट ल्याउन सकेन् । देशका अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएर घोषणा गरिसकेका छन् । तर धरानमा आन्तरिक तयारीका लागि जनप्रतिनिधीहरुको तालमेल हुन नसक्दा नगरसभानै अन्यौलमा परेको छ । यो अवश्था अहिलेको मात्रै होइन  । २०७९ मा निर्वाचित भए पश्चात बनेको धरानको स्थानीय सरकारले समयमै बजेट बनाउन चु

    • प्रकाशित मितिः असार ११, २०८३
    • 602 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved