५० वर्षसम्म नेपाललाई पुग्ने ग्यास भेटियो पेट्रोलियम अन्वेषणमा ऐतिहासिक सफलता, परीक्षण उत्पादनको तयारी सुरु

  • असार ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहासमै पहिलोपटक दैलेखमा पर्याप्त मात्रामा मिथेन ग्यास फेला परेको पुष्टि भएको छ ।

चिनियाँ प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितका अनुसार प्रतिवेदनमा झण्डै १ सय १२ अर्ब घनमिटर ग्यास रहेको उल्लेख छ, जुन नेपाललाई आगामी ५० वर्षसम्म पुग्ने अनुमान गरिएको छ ।

अन्तिम प्रतिवेदन आउन केही समय लाग्ने भएकाले हामीले प्रारम्भिक रिपोर्ट मागेका थियौं, नापितले भने, ूत्यसमा पर्याप्त मात्रामा प्राकृतिक ग्यास मिथेन रहेको पुष्टि भएपछि परीक्षण उत्पादनको तयारी अघि बढाइएको छ ।

विभागले प्रारम्भिक प्रतिवेदनकै आधारमा परीक्षण उत्पादन सुरु गर्ने तयारी थालेको छ । अन्तिम प्रतिवेदन भने पुससम्म प्राप्त हुने विभागको योजना छ ।

मिथेन ग्यास उच्च गुणस्तरको स्वच्छ इन्धन मानिन्छ, जसले डिजेल र पेट्रोलको विकल्प मात्र होइन, वातावरणमैत्री विकासतर्फ समेत मार्ग खुलाउने सरकारी अधिकारीहरू बताउँछन् ।

स्थानीय उत्साहित, उद्योगमन्त्रीको संकेत — अन्य सम्भावित क्षेत्रमा पनि अन्वेषण अघि बढ्ने
दैलेखमा ग्यास भेटिएसँगै स्थानीयवासीहरू निकै उत्साहित छन् ।

जिल्लाको विकास र समृद्धिका लागि यो कोसेढुङ्गा सावित हुनेछ, स्थानीयवासीहरू भन्छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पनि दैलेखको सफलताका आधारमा पाल्पा, दाङलगायत अन्य सम्भावित क्षेत्रमा अन्वेषण विस्तार गरिने बताएका छन् ।

भारतले संविधान जारी भएपछि सन् २०१५ मा नेपालमाथि गरेको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव चर्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई वैकल्पिक स्रोतको खोजतर्फ अघि बढाएका थिए ।

२०७२ चैतमा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी समझदारी भएको थियो ।
त्यसअनुसार चिनियाँ पक्षको पूर्ण अनुदानमा पेट्रोलियम अन्वेषणका कामहरू अघि बढाइयो ।

२०७६ सालमा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे कम्पनीबीच विस्तृत अन्वेषणको सम्झौता भयो ।
२०७८ साल वैशाखदेखि जलजले क्षेत्रमा ड्रिलिङ कार्य सुरु भयो ।

२०७८ पुससम्म ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ सम्पन्न गरी संकलित चट्टान, ग्यास, पानी र माटोका नमुना चीन पठाइएको थियो ।
तीन चरणमा सम्पन्न अन्वेषणमध्ये तेस्रो चरणको प्राविधिक प्रतिवेदन प्रक्रिया अन्तिम चरणमा छ ।

नेपालको इतिहासमै पहिलोपटक ड्रिलिङ प्रविधिबाट गरिएको पेट्रोलियम अन्वेषणको यो अभियानले मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउने आशा पलाएको छ ।

के हो मिथेन ग्यास:

मिथेन ग्यास प्राकृतिक रूपमा उत्पन्न हुने, स्वच्छ र उच्च गुणस्तरको इन्धन हो ।

इन्धन, विद्युत् उत्पादन, रासायनिक उद्योगलगायतमा यसको प्रयोग हुन्छ ।
यो पेट्रोल, डिजेलभन्दा सस्तो र वातावरणमैत्री मानिन्छ । प्रदूषण न्यून हुने भएकाले विश्वभर यसको प्रयोग दर बढ्दो छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved