५० वर्षसम्म नेपाललाई पुग्ने ग्यास भेटियो पेट्रोलियम अन्वेषणमा ऐतिहासिक सफलता, परीक्षण उत्पादनको तयारी सुरु

  • असार ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहासमै पहिलोपटक दैलेखमा पर्याप्त मात्रामा मिथेन ग्यास फेला परेको पुष्टि भएको छ ।

चिनियाँ प्राविधिक टोलीले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजले क्षेत्रमा मिथेन ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।

खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा प्रवक्ता दिनेशकुमार नापितका अनुसार प्रतिवेदनमा झण्डै १ सय १२ अर्ब घनमिटर ग्यास रहेको उल्लेख छ, जुन नेपाललाई आगामी ५० वर्षसम्म पुग्ने अनुमान गरिएको छ ।

अन्तिम प्रतिवेदन आउन केही समय लाग्ने भएकाले हामीले प्रारम्भिक रिपोर्ट मागेका थियौं, नापितले भने, ूत्यसमा पर्याप्त मात्रामा प्राकृतिक ग्यास मिथेन रहेको पुष्टि भएपछि परीक्षण उत्पादनको तयारी अघि बढाइएको छ ।

विभागले प्रारम्भिक प्रतिवेदनकै आधारमा परीक्षण उत्पादन सुरु गर्ने तयारी थालेको छ । अन्तिम प्रतिवेदन भने पुससम्म प्राप्त हुने विभागको योजना छ ।

मिथेन ग्यास उच्च गुणस्तरको स्वच्छ इन्धन मानिन्छ, जसले डिजेल र पेट्रोलको विकल्प मात्र होइन, वातावरणमैत्री विकासतर्फ समेत मार्ग खुलाउने सरकारी अधिकारीहरू बताउँछन् ।

स्थानीय उत्साहित, उद्योगमन्त्रीको संकेत — अन्य सम्भावित क्षेत्रमा पनि अन्वेषण अघि बढ्ने
दैलेखमा ग्यास भेटिएसँगै स्थानीयवासीहरू निकै उत्साहित छन् ।

जिल्लाको विकास र समृद्धिका लागि यो कोसेढुङ्गा सावित हुनेछ, स्थानीयवासीहरू भन्छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पनि दैलेखको सफलताका आधारमा पाल्पा, दाङलगायत अन्य सम्भावित क्षेत्रमा अन्वेषण विस्तार गरिने बताएका छन् ।

भारतले संविधान जारी भएपछि सन् २०१५ मा नेपालमाथि गरेको अघोषित नाकाबन्दीले पेट्रोलियम पदार्थको अभाव चर्किएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई वैकल्पिक स्रोतको खोजतर्फ अघि बढाएका थिए ।

२०७२ चैतमा ओलीको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी समझदारी भएको थियो ।
त्यसअनुसार चिनियाँ पक्षको पूर्ण अनुदानमा पेट्रोलियम अन्वेषणका कामहरू अघि बढाइयो ।

२०७६ सालमा खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भे कम्पनीबीच विस्तृत अन्वेषणको सम्झौता भयो ।
२०७८ साल वैशाखदेखि जलजले क्षेत्रमा ड्रिलिङ कार्य सुरु भयो ।

२०७८ पुससम्म ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ सम्पन्न गरी संकलित चट्टान, ग्यास, पानी र माटोका नमुना चीन पठाइएको थियो ।
तीन चरणमा सम्पन्न अन्वेषणमध्ये तेस्रो चरणको प्राविधिक प्रतिवेदन प्रक्रिया अन्तिम चरणमा छ ।

नेपालको इतिहासमै पहिलोपटक ड्रिलिङ प्रविधिबाट गरिएको पेट्रोलियम अन्वेषणको यो अभियानले मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउने आशा पलाएको छ ।

के हो मिथेन ग्यास:

मिथेन ग्यास प्राकृतिक रूपमा उत्पन्न हुने, स्वच्छ र उच्च गुणस्तरको इन्धन हो ।

इन्धन, विद्युत् उत्पादन, रासायनिक उद्योगलगायतमा यसको प्रयोग हुन्छ ।
यो पेट्रोल, डिजेलभन्दा सस्तो र वातावरणमैत्री मानिन्छ । प्रदूषण न्यून हुने भएकाले विश्वभर यसको प्रयोग दर बढ्दो छ ।

 

रसायनिक मल हिनामिना ...

ईटहरी/रसायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद्दामा व ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved