धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
बिहीबार राति करिब ९ बजे लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर रसाइलीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूको खानतलासी गर्दा ट्रामाडोल ३६० क्याप्सुल र स्पास्पेइन ३६२ ट्याब्लेट गरी जम्मा ७२२ थान लागूऔषध फेला पारेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।