सार्वजनिक यातायातका सवारी चालक पनि लागुऔषध पोजिटिभ

  • असार २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशी प्रदेशमा ५० जना चालकहरुमा लागुऔषध सेवन चेकजाँच गर्दा १८ जना पोजिटिभ देखिएका छन् ।

प्रदेशका विभिन्न जिल्लाका ५० स्थानमा गरिएको चेकजाँचका क्रममा कोशी प्रदेशमा १८ जनाले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको भेटिएको छ ।

ट्राफिक सप्ताह अन्तर्गत आइतबार कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा प्रदेश भरीनै अभियान संचालन गरेको छ । अभियान अन्तर्गत बस, टेम्पो र सफारीका चालकको कीट मार्फत जाँच गरिएको थियो । किटको ब्यवस्थापन धरान उपमहानगरपालिकाले गरिदिएको थियो ।

12 सवारी दुर्घटना न्युनीकरणको लागि लापसे जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानमा भएको कार्यक्रममा उपमेयर आइन्द्र बिक्रम बेघाले सवारी चलाउदा कसैले पनि मापसे र लापसे नगर्न आग्रह गरे ।

मापसे र लापसे गरेर सवारी चालउदा चालकको मात्र नभएर सयौ यात्रुको ज्यान पनि असुरक्षित हुने भएकोले जिम्मेवार हुन उनले आग्रह पनि गरे । साथै, सबैलाई अनुशासित र मर्यादित भएर काम गरे कानुनसँग डराउनु नपर्ने पनि उनको भनाई थियो ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved