सार्वजनिक यातायातका सवारी चालक पनि लागुऔषध पोजिटिभ

  • असार २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । कोशी प्रदेशमा ५० जना चालकहरुमा लागुऔषध सेवन चेकजाँच गर्दा १८ जना पोजिटिभ देखिएका छन् ।

प्रदेशका विभिन्न जिल्लाका ५० स्थानमा गरिएको चेकजाँचका क्रममा कोशी प्रदेशमा १८ जनाले लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउने गरेको भेटिएको छ ।

ट्राफिक सप्ताह अन्तर्गत आइतबार कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजनामा प्रदेश भरीनै अभियान संचालन गरेको छ । अभियान अन्तर्गत बस, टेम्पो र सफारीका चालकको कीट मार्फत जाँच गरिएको थियो । किटको ब्यवस्थापन धरान उपमहानगरपालिकाले गरिदिएको थियो ।

12 सवारी दुर्घटना न्युनीकरणको लागि लापसे जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरानमा भएको कार्यक्रममा उपमेयर आइन्द्र बिक्रम बेघाले सवारी चलाउदा कसैले पनि मापसे र लापसे नगर्न आग्रह गरे ।

मापसे र लापसे गरेर सवारी चालउदा चालकको मात्र नभएर सयौ यात्रुको ज्यान पनि असुरक्षित हुने भएकोले जिम्मेवार हुन उनले आग्रह पनि गरे । साथै, सबैलाई अनुशासित र मर्यादित भएर काम गरे कानुनसँग डराउनु नपर्ने पनि उनको भनाई थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved