खडेरीका कारण कृषक मारमा

  • जेठ २२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  एक हप्ता समय भन्दा अगाडिदेखि भएको खडेरीका कारण धनकुटाका कृषक मारमा परेका छन् । खडेरीका कारण समयमै पानी नपर्दा लगाएको बर्खे बाली सुकेर गएको छ ।

कृषकले लगाएको मकै, बदाम, तरकारी बाली तथा फूल बाली खडेरीका कारण प्रभावित बनेको हो । कृषी कर्म गरेर उब्जाएको फलफूल, अन्नबाली तथा सागसब्जी बेचेर गुजारा टार्ने कृषकहरु बढी मारमा परेका छन् ।

महालक्ष्मी नगरपालिका चानुवा धनकुटाका कृषक देवीबहादुर चापागाईले खडेरीका कारण लगाएको बाली, अन्नबाली तथा फलफूल सुकेर जान थालेको बताए । उनले भने–‘खडेरी परेको झण्डै एक साता भन्दा बढी भयो, अझै यो लम्बिने हो भने गाउँमा केही उत्पादन हुदैन, भोकमरीको समस्या हुने डर बढेर गएको छ ।’

गो गाउँमा धान, मकै, तरकारी तथा विभिन्न जातजातिका फलफूल उत्पादन गर्ने गरिएको छ । तर लगातारको खडेरीका कारण लगाएको बालीमा सिचाई गर्न नपाउँदा बारीमै सुकेर जान थालेको अर्का कृषक महेन्द्र पौडेल बताउँछन् ।

उनले भने–‘आकाशबाट पानी पर्दैन, टन्टलापुर घाम लागेको छ, खडेरीकै कारण खोलानाला पनि सुक्न थालेका छन्, यसले गर्दा राम्ररी सिंचाई हुन पाएको छैन, यसपटक बाली सार्‍है सप्रेलाजस्तो छाँट देखिदैन ।

खडेरीका कारण उनीहरुजस्तै धेरै कृषकहरु मारमा परेका छन् । लगाएको बाली बारीमै सुक्न थालेपछि मेहनत बालुवामा पानी हाले सरह भएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved