धरानमा कोशीको पानी ल्याउन समन्वय गर्न मेयरको संयोजकत्वमा समिती गठन

  • जेठ १८, २०८०
  • " स्नेहा श्रेष्ठ"
alt

विजयपुर / कोसीको पानी ल्याउनको लागी समन्वय गर्न मेयर हर्कराज राइको संयोजकत्वमा ५ सदस्यीय समिती बनेको छ ।
उपमहानगरको आज बसेको बैठकमा संघीय सरकारले एकीकृत खानेपानी तथा ढल ब्यवस्थापन कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने भए पछि मेयर राइले बराहक्षेत्रसंग समन्वय गर्ने निर्णय गर्ने प्रस्ताब गरेका थिए ।

बैठकमा कार्यपालिका सदस्यहरुले बजेटको श्रोत सुनिश्चित नभैसकेकाले अहिले नै निर्णय गर्न नहुने बताएका थिए । समितिले समन्वय गरे पछि पुनः कार्यपालिकाको छलफल गरिने भएको छ ।

समितिमा वडा नम्बर ११,१३,१४ र १८ का अध्यक्षहरु रहेका छन् । बैठकमा धरान र इटहरीको सिमा बिबाद समाधान गर्ने जिल्ला समन्वय समितीलाई पत्राचार गर्ने निर्णय भएको छ ।बैठकमा मेयर राइले नगरको बजेट बढाउन धरानमा रहेको ६० हजार घरधुरीलाई करको दायरामा ल्याउनु पर्ने बताए ।

अहिले सम्म १७ हजारले मात्रै कर तिर्ने गरेकाले सबै जनप्रतिनिधिहरुको भुमिका रहनु पर्ने बताए । उपमहानगरपालिकाले चाहे जति कर संकलन गर्न नसक्दा धरानको विकास हुन नसकेको मेयरले जिकिर गरे ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved