ब्राउन सुगर सहित ४ जना पक्राउ

  • जेठ १८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

बिराटनगर / सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका वडा नम्बर १७ का ३४ बर्षीय मनिष पाण्डे, धरान वडा नम्बर ११ का ३५ बर्षीय सुर्य कुमार राई,झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका वडा नम्बर २ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् ।

पाण्डे र राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

प्रदेश १–०२–०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रवारेको भित्री सडक खण्ड बाट दक्षिणबाट दिशा उत्तर दिशा तर्फ आँउदै गर्दा उनीहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध बरामद गरिएको हो ।

उनिहरु दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीटोलीले ईलामको चुलाचुली गाउँपालिका वडा नम्बर २ बाट राजवंशी र बिश्वकर्मालाई ०.४६ मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ ।

मे १–ह– ३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका उनीहरुको साथबाट लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved