विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन किचकबध पोखरीको अनुगमन गरेका छन ।
बिहीबार मेयर कोइरालाले पोखरीको निर्माण कार्यको स्थलगत अनुगमन गरि ठेकेदारलाई भेटि हाल सम्मको निर्माण कार्यको बारे जानकारी लिएका छन । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबारका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो ।
तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६सय २५ रुपैयाँमा ठेक्का पारेको थियो ।अनुगमनका क्रमा मेयर कोइरालाले तोकिएको मिति भित्र निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन । महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूला योजनाहरु सञ्चालन गरिरहेको उनले बताएका छन ।
दक्षिणी क्षेत्रमा विराट राजाको दरबार सँगै रानीपोखरी र मन्ठापोखरीको पुन निर्माण सँगै सौन्दर्य करण समेत भइरहेको मेयर कोइरालाले बताए । धार्मिक र सांस्कृतिक महत्व बोकेको विराट राजाको दरबार सहित तीनवटै पोखरीको निर्माण भइसके पछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने उनले बताए ।
१६ करोड जनसंख्या भएको बिहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना देखिएको मेयर कोइरालाले प्रस्टा्रए । उनले “महानगरको नेतृत्वमा हामी आइसकेपछि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको मेयर कोइरालाले बताए ।
“चालु अवस्थामा रहेका योजनाहरु निर्माण सम्पन्न भएपछि पर्यटकको आगमन बढ्ने र त्यसले यस क्षेत्रमा आर्थिक चलायमान समेत बढ्नेछ ।”महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोमा स्थानीयवासी निकै खुसी देखिएका छन्। स्थानीय नित्यान्द यादवले महानगरको हालको नेतृत्वले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे ।
यादवले “महानगरपालिका भित्र भएर पनि हामी माथि विगतमा विभेद भएको थियो । तर अहिले भने महानगरले दक्षिणी क्षेत्रलाई निकै माया गरेको महसुस गरेको बताए । निर्माण कम्पनीका रञ्जित झाले असार मसान्त भित्रै निर्माण कार्यसम्पन्न गर्ने गरी रातदिन नभनिकन कामलाई मुख्य प्रथामिकता राखेर निरन्तर काम गरिरहेको बताएका छन ।
झाले गुणस्तर सँगै काम समेत अन्तर्राष्ट्रिय स्तरमा भइरहेको बताए । निर्माणाधीन पोखरीको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ । पोखरी वरिपरि प्याराफिट, आकर्षक बगैंचा, फूलबारी, विश्राम स्थल, कटेज, कलात्मक प्रवेशद्वार लगायत निर्माण बने बताएका छन ।