सहलेश युथ क्लब सिराहा भलुवा गोल्डकपको उपाधी नजिक

  • जेठ १९, २०८०
  • " चन्दन रौनियार"
alt

दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी ९ औ भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेश युथ क्लब सिराहाले बिरगंज युनाइटेड पर्सा लाई २-० गोल अन्तरले पाखा लगाउदैं उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।
 
निर्धारित समय ८० मिनेटको खेलमा पहिलो हाफको ४० मिनेट सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको थियो । दोस्रो हाफको ७ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी योनेपोलियनले १ गोल गर्दै अग्रता लिएका थिए ।
लगतै १८ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी समीर तामाङले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए । खेलको उत्कृष्ट खेलाडी सहलेश युथ क्लब सिराहाका समीर तामाङ घोशित भए ।
 
उनलाई दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसिले नगद ५ हजार तथा मेडल प्रदान गरे । भोलि बिहिवारको दोस्रो सेमिफाइनल खेल प्लानीङ ब्याइज फुटबल क्लब काठमाडौं र झापा फुटबल क्लब बिच हुने आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा टुर्नामेन्ट समितिका अध्यक्ष शिब कुमार बिश्वासले जनाए ।
 
 
शनिबार हुने भलुवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा विजेता टिमले उपाधी सहित नगद ४ लाख ट्रफी, मेडल पाउने छ भने उपविजेताले नगद २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
 
 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved