सहलेश युथ क्लब सिराहा भलुवा गोल्डकपको उपाधी नजिक

  • जेठ १९, २०८०
  • चन्दन रौनियार
alt

दुहबी / सुनसरीको दुहबी ७ स्थित भलुवा खेल मैदानमा जारी ९ औ भलुवा गोल्ड कप फुटबल प्रतियोगिताको आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेश युथ क्लब सिराहाले बिरगंज युनाइटेड पर्सा लाई २-० गोल अन्तरले पाखा लगाउदैं उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ ।
 
निर्धारित समय ८० मिनेटको खेलमा पहिलो हाफको ४० मिनेट सम्म दुवै तर्फबाट प्रतिस्पर्धात्मक खेल भएपनि गोल रहित बराबरी भएको थियो । दोस्रो हाफको ७ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी योनेपोलियनले १ गोल गर्दै अग्रता लिएका थिए ।
लगतै १८ औं मिनेटमा सहलेश युथ क्लब सिराहाका खेलाडी समीर तामाङले १ गोल गर्दै आफ्नो टिमको बिजय सुनिश्चित गराए । खेलको उत्कृष्ट खेलाडी सहलेश युथ क्लब सिराहाका समीर तामाङ घोशित भए ।
 
उनलाई दुहबी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार केसिले नगद ५ हजार तथा मेडल प्रदान गरे । भोलि बिहिवारको दोस्रो सेमिफाइनल खेल प्लानीङ ब्याइज फुटबल क्लब काठमाडौं र झापा फुटबल क्लब बिच हुने आयोजक गोल्डेन स्टार युथ क्लब भलुवा टुर्नामेन्ट समितिका अध्यक्ष शिब कुमार बिश्वासले जनाए ।
 
 
शनिबार हुने भलुवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा विजेता टिमले उपाधी सहित नगद ४ लाख ट्रफी, मेडल पाउने छ भने उपविजेताले नगद २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।
 
 

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved