भ्रष्टाचार मुद्दा लागेका वीपीका पुर्वउपकुलपति दाससहित ३ जनालाई कैद र जरिवाना

  • जेठ १९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / भ्रष्टाचार मुद्दा लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ । 
 विशेष जिल्ला अदालत काठमाडौंका न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले दास सहोत अरविन्दकुमार सिन्हा र  नन्द कुमार थापालाइ दोषी ठहर गर्दै जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ।
अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्। 
प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण (वस्तु) तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved