धरानको विपी प्रतिष्ठानलाई बजेटमा जोडिएन

  • जेठ १७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / सरकारले चालु आर्थिक बर्षमा धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बजेटमा जेडिएन । सरकारले निती तथा कार्यक्रम र आफ्नो बार्षिक बजेटमा विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन ।

देशका अन्य प्रदेशमा रहेका प्रतिष्ठानहरुलाई बजेटमा स्पस्ट सम्बोधन गरि जोडिएको छ । तर धरानको विपी प्रतिष्ठानलाई सम्बोधन गरेको छैन । केहि बर्ष देखि प्रतिष्ठानमा विभिन्न किसिमका अनियमितता,कमजोर ब्यबस्थापन,सेवा प्रबाहको अस्तब्यस्तता जस्ता धेरै कारणहरु देखाएर सरकारले प्रतिस्ठानलाई बजेटमा नपारेको देखिएको छ ।

bpkh22

 

पुर्वी नेपाल कै उत्कृष्ठ सुविधा समपन्न साथै जनताको अति विशिष्ट उपचार गर्ने एकमात्र सरकारी सस्था प्रतिष्ठान मात्र रहेको छ । प्रतिष्ठानहरुको छाता ऐन बनाएर एकीकृत हिसाबले सञ्चालन गर्न सरकारले तयारी गरीरहेकाले पनि प्रतिष्ठानलाई बजेटमा छुटाइएको हुन सक्ने अनुमान गरिएको छ ।

सरकारले प्रष्तिठानको स्वायत्त अधिकार खारेजी गर्ने तयारी गरेको समेत चर्चा हुन थालेको छ । प्रतिष्ठान अहिले उपकुलपती विहिन भएको छ । उपकुलपती डा.ज्ञानेन्द्र गिरी भ्रष्टचार अभियोगमा मुद्धा दायर भएपछि निलम्वीत अबस्थामा रहेका छन् । सरकारले प्रतिष्ठानका रेक्टर प्राडा सञ्जीब कुमार शर्मालाई निमित्त उपकुलपतीको जिम्मेवारी दिएको छ ।

धरानमा किरात सिरिजङ् ...

धरान/ ‘किरात सिरिजङ्गा लिपि’ प्रशिक्षण ...

बीपी प्रतिष्ठानमा फे ...

धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

एसियाली राजमार्ग स् ...

झापा/  एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टादेखि पा ...

प्रेस चौतारीको १०औं ...

विराटनगर/  नेकपा (एमाले) निकट पत्रकार संगठन प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved