मुक्ति समाज धरानमा कृतमान दर्नाल

  • चैत ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  नेकपा एमालेको जनवर्गिय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज धरान उपमहानगर कमिटीको प्रथम सम्मेलनले कृतमान दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
एमाले धरान नगर कमिटीको कार्यालयको सभाहलमा भएको सम्मेलनमा सम्पुर्ण सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । सम्मेलनले नयाँ कार्यसमितीको उपाध्यक्षमा राजु हिङमाङ, लक्ष्मी लकान्द्रीलाई निर्वाचित गरेको छ । त्यसैगरि सचिवमा रोशन कुमार विश्वकर्मा, उपसचिवमा सुष्मा मंग्राती, उत्तम सुनार र कोषाध्यक्षमा यशोदा घिमिरे निर्वाचित भएका छन् ।
समितीको सदस्यहरुमा भालुमान विश्वकर्मा, मिन कुमार सुनाम, रिना दास, चन्द्रकला विक, पुष्पा विक, धनसरा दर्नाल, मञ्जु त्रिखत्री, डम्बर विश्वकर्मा, धनकुमारी शंकर, रुपा विक लगायत रहेका छन् । कार्यसमितीको पहिलो बैठकले थप सदस्यमा महिला, युवा र विद्यार्थीहरुलाई मनोनयन गर्ने जनाएको छ ।

नेकपा एमाले लेखा समितीका सदस्य डिबी शाहशंकरको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा मुक्ति समाजका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्लाका नेताहरुको उपस्थिती रहेको थियो । त्यसै गरी पार्टीका प्रदेश सदस्य, जिल्ला तथा नगरका पदाधिकारीहरुले शुभकामना दिएका थिए ।

समाजको सम्मेलन आयोजक समितीका संयोजक तथा केन्द्रीय सदस्य लिला शंकरको सभापतित्वमा भएको प्रथम नगर सम्मेलनको अवसरमा समाजले दलित मुक्ति आन्दोलनमा अनवरत रुपमा योगदान दिनुहुने ३ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा लाल बहादुर सुन्चौरी, विनुमान मोते र गोपाल मंग्राती रहेका छन् ।

कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य तथा सुनसरी क्षेत्र नम्बर १ का संयोजक मिन कुमार सुब्बा, जिल्ला सदस्य तथा मुक्ति समाज इन्चार्ज केदार बराइली, एमाले धरान नगर कमिटी अध्यक्ष हर्कजङ एभेङ, मुक्ति समाज जिल्ला अध्यक्ष दिनेश रसाइली, केन्द्रिय सदस्य पार्वता बराइली, सावित्री परियार लगायतले शुभकामना दिएका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved