इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि विसिसिए नेपाललाई

  • चैत ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी(विसिसिए) ले जितेको छ ।
३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गरि २–१ ले श्रृखलामा विसिसिएले कब्जा गरेको हो ।
पहिलो खेलमा भारतलाई ९ विकेटले पराजित गरेको विसिसिए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अव मंगलबार ३० ओभरको एक खेल खेल्न बाकी रहेको छ ।
नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर बनाएको थियो । घरेलु टोलीका लागि सम्झना खडकाले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट भइन् । त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन् ।

भारतकी कप्तान रितु भोस्लले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिए ।
जवाफमा १ सय ३८ रनकोे लक्ष्य पछ्याएको भारतिय महिला टोलीले पुरै ओभर खेल्दै ७ विकेट गुमाई ८८ रनमा सिमित भयो । भारतकी अरपिताले नटआउट ३७ बनाउँदा निधि भाग्यसियाले नटआउट १७ रन बनाइन् । विसिसिएकी कप्तान रुविना क्षेत्री,सवनव राइ, कविता जोशी र अस्मीता कर्मचार्र्यले समान १–१ विकेट लिइन् ।

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

१०औं बास्केटबल ट्याल ...

धरान/ धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटब ...

कोशी पर्यटन वर्ष: घ ...

 इटहरी/ कोशी प्रदेश सरकारले प्रदेशको समृद्धि, ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved