विद्यार्थीद्वारा शैक्षिक प्रदर्शनी

  • चैत्र ७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

इटहरी / आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ ।
कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरुले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे ।

विद्यालयले कक्षा कोठामा मात्र सीमित सैद्दान्तिक ज्ञानलाई प्रयोग गर्दै प्रयोगात्मक रुपमा उक्त शैक्षिक प्रदर्शनी गरेको हो । विद्यार्थीको ज्ञानलाई प्रत्यक्ष र प्रयोगात्मक रुपमा अवलोकन गर्न पाउँदा अभिभावक खुसी देखिएका थिए ।

मन्टेश्वरीले किताबी अध्ययनमा मात्र सीमित रहेर पठनपाठन गराउँदा पछिल्लो समय विद्यार्थीहरुले आफ्नो सामाजिक चालचलन, परम्परा र मौलिकता विर्सिदै गएका छन् । यही कुरालाई ध्यानमा राखेर मन्टेश्वरीले प्रदर्शनीमा परम्परागत मौलिक खानाहरु, पुर्खाहरुले दैनिक जीवनमा प्रयोग गर्ने सामाग्री, बाजाहरु साथै सामाजिक चालचलनका कुराहरुलाई पनि प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदा बनाएर राखिएको थियो । आउने अभिभावक र पाहुनाले विद्यार्थीले बनाएका परिकारको स्वाद पनि लिएका थिए । अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा विद्यार्थीले त्यसलाई पुनः प्रयोगमा ल्याउन गरिएको कार्य निकै लोभलाग्दो भएको एक अभिभावकले बताउनुभयो ।

पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरीलगायतका सामग्री संकलन गरेर प्रदर्शनीमा गरिएको राखिएको थियो ।

प्रदर्शनीमा भाषा, नेपाली, गणित ,सामाजिक, विज्ञान र अंग्रेजी विषयसँग सम्बन्धित विभिन्न समाग्री साथै सामाजिक, सास्कृतिक र मौलिक नेपालीपन झल्काउने बाजा तथा सामग्री राखिएको थियो । विद्यार्थीहरुबाटै निर्मित गेमजोन र रोबर्ट पनि प्रदर्शनीमा राखिएको थियो ।

साँस्कृतिक कार्यक्रम गरेर मात्र अभिभावकले विधार्थीको सिकाइ नदेख्ने हँुदा यसपटक फरक र नयाँ पुस्तालाई पुराना ऐतिहासिक पक्षको ज्ञान दिन यसपटकको प्रदर्शनी राखेको विद्यालयका संचालक हरि आचार्यले बताए ।

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved