मुख्यमन्त्रीको अभिव्यक्तिप्रति आक्रोसित " सवारी साधन तोडफोड गर्ने प्रयास"

  • चैत ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

खोटाङ /  फागुन १७ गते बहुमतद्वारा प्रदेश नं. १ को नाम पारित भएपछिका दिनमा पहिचानवादीहरु निरन्तर आन्दोलनमा होमिएका छन् ।
उनीहरुले प्रदेश नं. १ मा ठाउँ ठाउँमा प्रदर्शन गर्ने मात्र हैन कोशी प्रदेशको राजधानी विराटनगर केन्द्रित आमसभा, कविता गोष्ठी लगायतका कार्यक्रमलाई केन्द्रित गरेका छन् ।

पहिचानवादीहरु एक ठाउँमा उभिएका छन् । प्रदेश न. १ पुन नामकङ्कन संयुक्त संघर्ष समिति बनाएर उनीहरु आन्दोलनमा होमिएका छन् । सोमबार भने कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीमाथि नै ओखलढुंगामा आक्रमणको प्रयास भएको थियो ।

कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री कार्कीले कार्यक्रममा ९० प्रतिशत सांसदको समर्थनमा कोशी प्रदेश नामकरण भएको र अब परिवर्तन नहुने बताएपछि आक्रोसित पहिचानवादीहरु रुष्ट भएका थिए ।

मुख्य मन्त्री कार्कीको अभिव्यक्तिप्रति आक्रोसित पहिचानवादी शक्तिहकरुले आक्रमणको प्रयास गरेका थिए । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई रोकेर आक्रमणको प्रयास गरेका हुन् ।

उनीहरुले कडा सुरक्षासहित सवार मुख्यमन्त्रीको सवारी साधनलाई घेराउ गरी ‘मुख्यमन्त्री मुर्दावाद, कोशी प्रदेश खारेज गर लगायतका नारा लगाउँदै मुख्यमन्त्रीको गाडीमा तोडफोडको प्रयास गरेका थिए ।

झण्डासहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई नियन्त्रण लिने प्रयास सुरक्षाकर्मीले गरेका थिए । उनीहरुले मुख्यमन्त्रीको सवार सवारी साधनमा राखिएको झण्डा फाल्न समेत भ्याएका थिए ।
रुम्जाटारमा भएको कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी नाम सर्वस्वीकार्य भएकाले यो परिवर्तन नहुने बताएपछि उनीहरु आक्रोसित भएका थिए ।

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved