नवोदयद्वारा निःशुल्क स्वास्थ्य शिविर

  • चैत्र ६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान–१६ अन्नपुर्ण चोक स्थित नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
नया सुविधा सम्पन्न भवनमा स्कुल सरे पछि पहिलो पटक विद्यालयले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो ।

युनिभर्सल पिस फेडेरेसनको संयोजन र सूर्य आई केयर धरानको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट विद्यालयका अभिभावक र स्थानीयबासी गरी २५० जना लाभान्वित भएको यु.एन. नबोदय हेल्पिङ ह्यान्डका संयोजक राम बहादुर लिम्बुले जानकारी दिए ।

336684756_629797385643388_242518353005165901_n

धरान उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । शिविरमा आएकाहरुलाई निःशुल्क आँखाको चेकजाँच गरिएका थियो भने औषधि समेत वितरण गरिएको थियो ।

विद्यालयले गरेको कार्यप्रति वडाध्यक्ष भट्टराईले प्रशंसा गर्दै शिक्षासँगै विद्यालयले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताएका थिए ।
‘स्वास्थ्य नै धन हो’ भन्ने अभिप्रायले शिबिरको आयोजना गरिएको स्कुलका प्रिन्सिपल एवम यु.एन. कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बताए ।

उनले आगामी दिनमा नियमित रुपमा विद्यार्थीहरुको साप्ताहिक र मासिक स्वास्थ्य परीक्षण गराइने जानकारी दिए । अभिभावक मोति बहादुर श्रेष्ठले स्वास्थ्य शिबिरबाट आफूले भरपुर लाभ लिएको बताएका थिए ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved