इटहरी गोल्डकपमा मच्छिन्द्रको सहज जित

  • चैत्र ७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /  ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले १३ औ संस्करणको कन्टोल इटहरी गोल्डकपमा सहज जीत हात पारेको छ ।
इटहरी रंगशालामा सोमबार सम्पन्न खेलमा पाहुना टोली भारतको कञ्चनजंघा फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

मच्छिन्द्रको जीतमा कप्तान अफिज ओलावालले ह्याटिक सहित ४ गोल गरे । अर्को गोल बिजय भुजेलले गरे । पहिलो गोल ३९ औ मिनेटमा गरेका ओलावालले ६१, ६६ र ८८ औ मिनेटमा गोल गर्दै आफ्नो गोल संख्या ४ पुर्याए । त्यसअघि बिजय भुजेलले ६४ औ मिनेट गोल गरेका थिए ।

कञ्चनजंघाका अनिश राईले २ गोल गरेपनि हार टार्न सकेनन् । खेलको १५ औ मिनेटमा अतिश राईको पासमा अनिशले गोल गरेर अग्रता दिलाएका थिए । खेलमा ४ गोल गरेका मछिन्द्रका कप्तान ओलावाले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले दोश्रो रोजाइका खेलाडीहरुले समेत उत्कृष्ट खेल प्रर्दशन गरेको बताए । उनले सुरुवातमा गोल व्यहोर्न पुगेपनि कमब्याक जित निस्किएको बताए । टिमका महत्वपुर्ण सदस्यहरुमा राष्ट्रिय टोलीको क्याम्पमा भएको र बिमल घर्तीमगर लगायतका केही खेलाडीहरु घाइते भएकाले विश्राम दिइएको बताए ।

खेलाडीहरुको इन्जुरीका कारण टिमको प्रर्दशनमा तलमाथि भइरहेको उनले बताए । कञ्चनजंघाका प्रशिक्षक दिनकर क्षेत्रीले खेलाडीहरुको गल्तीका कारण गोल व्यहोर्न पुगेको बताए । उनले पेनाल्टीमा गोल व्यहोरेपछि खेलाडीहरुको मनोबल गिरेर थप गोल हुन पुगेको बताए ।

काउन्टर अट्याकमा ३ गोल व्यहोर्न पुग्नु नै पराजयको मुख्य कारण भएको उनले बताए । मछिन्द्रले अब साबिक बिजेता सगरमाथा क्लब मोरंगसंग बुधबार सेमिफाइनलमा खेल्नेछ । सगरमाथा उद्धघाटन खेलमा एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गदै सेमिफाइनल पुगिसकेको छ । मंगलबारको खेल बिभागीय टिम त्रिभुवन आर्मी र रोलिंग क्लब झापाबिच हुनेछ ।

सम्पादकीय, पीडितको स ...

ताप्लेजुङमा विभिन्न स्थानमा गएको पहिरोले दर्जनौँ परिवार ...

बराहक्षेत्रका विद्या ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र–१ चियावारी ...

धरानमा ५ करोड भुक्ता ...

धरान/ धरान उमहानगरपालिकाको लागि आउने भनिएको प्रमुख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved