स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न " पूर्वाञ्चल स्ववियु सभापतिमा नेविसंघका नवीन"

  • चैत ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  विद्यार्थीहरुले  नेतृत्व चयनका लागि मतदानमा भाग लिएका छन् । धरानमा समेत तीन क्याम्पसका ७ हजार बढी विद्यार्थी आफ्नो नेतृत्व चयन गरेका छन् ।
२०६५ सालपछि स्ववियु निर्वाचन नियमित रूपमा हुन सकेको थिएन ।

विगतमा प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत हुने स्ववियु निर्वाचन समानुपातिक प्रणालीबाट हुँदै छ । यो पटक २८ वर्ष उमेरभित्रका विद्यार्थीमात्र उम्मेदवार बन्न पाउने व्यवस्था रहेको छ ।
बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको थियो । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको हो ।

धरानमा रहेका तीन आङ्गिक क्याम्पसमा निर्वाचन भएका भने नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको पिण्डेश्वर क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।
धरानका महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पूर्वान्चल इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले सभापति, सचिव, कोषाध्यक्ष र आठ सदस्यका लागि मतदान सम्पन्न भएको छ । महेन्द्र क्याम्पस मा ४ हजार ५ सय ५० विद्यार्थीको मतदाता नामावलीमा नाम रहेको छ भने प्रतिस्पर्धामा स्वतन्त्रसहित १० संगठन थिए ।

कुल मतातासंख्यामा २३०४ मत खसेको निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
यसैगरि तीनकुने स्थित पूर्वान्चल इन्जिनियरिङ क्याम्पसमा १ हजार ९ सय ४१ विद्यार्थी रहेका छन्। यो ७ सङ्गठनले प्रतिस्पर्धा गरेका थिए । यो क्याम्पसमा १ हजार ८ सय १८ मत खसेको निर्वाचत अधिकृतले जानकारी दिए ।

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा १ हजार ७८ विद्यार्थी छन् भने स्वतन्त्रसहित ६ विद्यार्थी सङ्गठनले नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । यो क्याम्पपसमा ८ सय ६८ मत खसेको जनाइएको छ ।

यसैबीच यो समाचार तयार पार्दासम्म पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि मत परिणाम सम्पन्न भइसकेको निर्वाचन अधिकृत विनयलाल श्रेष्ठले जानकारी दिएका छन् ।
११ सदस्य प्रत्यक्ष निर्वाचनमा सभापतिमा नेविसँघका नविन श्रेष्ठ विजयी भएका छन् ।

यस्तै सचिवमा समाजवादी विद्यार्थी युनियनका उमेद्वार राजनकुमार यादव, कोषाध्यक्षमा नेविसंघका महेश्वरप्रसाद भट्ट निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा नेविसंघबाट क्रमश ःआयुश कार्की, पुरुषोत्तम रिजाल, सागर बस्याल, सेजल पोद्धार र अमिर कार्की निर्वाचित भएका छन् । यस्तै अनेरास्ववियुबाट विनिता गौतम र मनिषा कार्की र अनेश्ववियु क्रान्तिकारीबाट कर मगर निर्वाचित भएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved