शिक्षक खेलकुद तालिम सम्पन्न

  • माघ १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाको आयोजनामा शिक्षक खेलकुद तालिम सम्पन्न भएको छ ।
विराटनगरस्थित आदर्श उच्च माविमा भएको तालिमको महानगरका मेयर नागेश कोइरालाले समापन गरेका छन् । सो अवसरमा बोल्दै मेयर कोइरालाले विद्यालयलाई खेलाडी उत्पादन गर्ने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पठनपाठन सँगसँगै खेलकुदको विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यको विकाससँगै अनुशासन सिकाउने उनको भनाइ थियो । महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले महानगर खेलकुद ऐन निर्माण भइसकेको जानकारी दिए । खतिवडाले ऐन निर्माण भइसकेका कारण अब महानगरभित्रको खेलकुद क्षेत्रको विकास हुने दाबी गरे ।

विद्यालयमा खेलकुदको विकास र राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा विद्यार्थी खेलाडीहरु सीप सिकेर सहभागी हुन भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको खतिवडाले बताए । सो अवसरमा मेयर कोइरालाले तालिमका प्रशिक्षक र सहभागीहरुलाई शैक्षिक प्रशासन महाशाखा प्रमुख खतिवडाले प्रमाणपत्र प्रदान गरेका थिए ।

तालिममा सहभागी शिक्षकले आफ्ना विद्यार्थीलाई प्रशिक्षण दिनेछन् । तालिममा महानगर क्षेत्रभित्र सञ्चालित २४ विद्यालयका ३० जना शिक्षक र कर्मचारी सहभागी भएका थिए । समापन समारोहमा जिल्ला खेलकुद प्रमुख राजन पोखरेल, प्रशिक्षकका तर्फबाट उपेन्द्र यादव, सहभागीका तर्फबाट फडिन्द्र वस्तीले आ–आफ्ना विचार राख्नु भएको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved