पार्किङ निषेधका विरुद्धमा सर्वसाधारण सडकमा उत्रिए ‘हामी समस्यामा पर्‍यौँ’

  • माघ १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कुनै योजना नल्याई मुख्य सडकको पार्किङ हटाइएको विरुद्धमा विराटनगरका साना तथा खुद्रा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले सोमबार स्वतफूर्त रुपमा आफ्नो पसलको सर्टरनै बन्द गरेर सडकमा उत्रिएका हुन् ।

खुद्रा व्यापार संघ मोरङका अध्यक्ष सञ्जय मण्डलले विना विकल्प पार्किङ हटाएको बताए । उनले पार्किङलाई व्यवस्थित गर्दा महानगरले विकल्पको खोजी समेत गर्नुपर्ने बताए । उनले भने–‘हामीले पार्किङ हटाएकोमा विरोध गरेका हैनौं, अल्पकालीन ढङ्गले बनाइएका पार्किङमा पनि अनावश्यक शुल्क लिने गरिएको छ, व्यवस्थित भएको छैन, विस्तारै गर्नुपर्नेमा सबैतिर एकै पटक सडकका पार्किङ हटाउने निर्णय महानगरले गरेपछि हामी समस्यामा परेका हौं ।’

उनीहरुले एक ठाउँमा पार्किङ शुल्क लिएपछि पुन:अर्को ठाउँमा पनि महानगरगरले पार्किङ शुल्क लिने गरेको बताएका छन् । अध्यक्ष मण्डलले भने–‘महानगरपालिकाले विराटनगरका विभिन्न स्थानमा पार्किङको व्यवस्थापन गरेको छ । तर, ती पार्किङमा घण्टाको आधारमा पार्किङ शुल्क लिने गरेको छ । अर्को स्थानमा गएर पार्किङ गर्दा पनि पुनः शुल्क लिने गरेको छ ।’
उनीहरुले यस विषयमा विराटनगर महानगरपालिकासँग छलफल गरेरमात्र निकाश निकाल्ने बताए ।

उनले भने–‘महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई भेटेर विकल्प दिएर मात्रै पार्किङ हटाउन अनुरोध गर्छाै नमानेको खण्डमा छलफलपछि आन्दोलनका कार्यक्रम अगाडि सार्र्छौ ।’
उनीहरुले मेन रोडमा पार्किङ गर्न नदिँदा व्यवसाय नै चौपट्ट हुने बताएका छन् । जानकारी फेन्सी स्टोरका सञ्चालक सुनिलकुमार रजकले निर्णय गर्नुभन्दा पहिला व्यवसायीको समस्या पनि बुझिदिनुपर्ने बताए । उनले भने– ‘पार्किङ नहुँदा बोनीबट्टा पनि हुन छोड्यो । वान वे गरिदियोस् ।

वान वे पनि खोलिदिएको छ । पार्किङ पनि हटाइदिएको छ यसरी त हाम्रो व्यापार चौपट हुन्छ ।’ उनले महानगरबासी भएको हैसियतले तिर्नुपर्ने कर तिरेको बताउँदै व्यवसायीको व्यवसाय नमर्ने गरी नियम बनाउनुपर्ने बताए ।

महानगरले पहिलो चरणमा जलजलाचौकदेखि अस्पताल चौकसम्मको सडकलाई पार्किङ निषेधित गरेको थियो । यसका लागि पुरानो जलजला हल उत्तरतर्फ र ग्रिनक्रस अस्पताल पछाडिको खाली जग्गालाई पार्किङस्थल घोषणा गरेको छ । यस्तै महानगरपालिकाले शनिमन्दिर–जलजलाचोक, शनिमन्दिरदेखि महावीर रोडसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित घोषणा गरेको छ । यसका लागि महावीर रोडमा चार कठ्ठा जग्गा पार्किङस्थलको रूपमा तोकेको छ ।

अर्को पार्किङ निषेधित क्षेत्रको रुपमा महावीर रोडदेखि गुद्रीसम्मलाई विस्तार गर्ने योजना राखिएको छ । यसका लागि पुरानो गुद्री बजारको जमिनलाई पार्किङस्थल तोकिएको छ । यसैगरी हनुमान मन्दिरदेखि जलजला चौकसम्मको दुरीलाई समेत नो पार्किङ जोन घोषणा गरेर पुरानो गुद्रीको जमिनलाई पार्किङस्थलको रुपमा प्रयोग गरिँदै आएको छ । हनुमान मन्दिर–जलजला चौकसम्म केहीवर्ष अगाडि नै नो पार्किङ जोन घोषणा गरिएको थियो ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved