एकजना बिरामी बराबर एकजना कुरुवा प्रतिष्ठानलाई फाइदा, कुरुवालाई समस्या

  • माघ १७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा अत्यधिक चाप बढेकोले बिरामीको उपचारका असहजता भएको भन्दै एक जना बिरामीका लागि एक जना मात्र कुरुवा रहन पाउने व्यवस्था गरेको छ । प्रतिष्ठानले सूचना जारी गरेर एक जना बिरामी बराबर एक जना कुरुवाको नियम लागू गरेको हो ।

सूचनामा प्रतिष्ठानमा दैनिक २ सय भन्दा बढी बिरामी उपचारमा आउने आकस्मिक कक्षमा कुरुवाहरुको चापले अस्पताल आकस्मिक कक्ष अस्तव्यस्त हुँदा उपचारमा कठिनाई भएको भन्दै उपचारमा सहजता ल्याउन माघ १५ गतेदेखि लागू गरेको सूचनामा जनाएको छ ।

अस्पताल निर्देशक डा. जगत नारायणद्वारा हस्ताक्षरित सूचनामा प्रतिष्ठानको इमरजेन्सीमा विरामीहरुसँग आउने कुरुवाहरुको भीडभाड हुँदा इमरजेन्सी जस्तो संवेदनशिल स्थानमा गुणस्तरीय एवम् प्रभावकारी सेवा प्रवाहमा असर हुने हुँदा माघ १५ गतेदखि लागू हुने गरी कुरुवा पास लिएका कुरुवाहरुलाई मात्र इमरजेन्सीभित्र प्रवेश गर्न दिइने जनाएको छ ।

उक्त कुरुवा पास बिरामीको नाम दर्ता गराउँदा रु ५ सय धरौटी वापत रकम जम्मा गरी एक जना बिरामीको लागि एकजना मात्र कुरुवा उपलब्ध हुने छ र विरामी डिजार्च वा वार्डमा ट्रान्सफर भएपश्चात जारी भएको कार्ड न. को कुरुवा पास फिर्ता भएमा उक्त धरौटी रकम फिर्ता हुने जनाइएको छ ।

तर यो प्रावधानले बिरामी तथा बिरामीका आफन्त पीडामा परेका छन् । यही विषयमा प्रतिष्ठानले कहीँ नगरेको नियमको विषयमा दिपक आचार्य (काकु)ले सामाजिक सञ्जालबाट प्रतिष्ठानले राखेको नियमबाट आफू आश्चर्यमा परेको बताएका थिए ।

उनले नेपाल टेलिभिजनबाट प्रसारित गोलमाल तथा ख्यालठट्टाका निर्देशक तथा कलाकार नेत्र राउतको आमा विरामी भएर आकस्मिक कक्षमा उपचार भइरहेको अवस्थामा आफू विरामीलाई भेट्न जाँदा ५ सय धरौटी नकाटी सुरक्षा गाडले पस्न नदिएको कुरा उल्लेख गरेका थिए ।

उनले भनेका छन्–‘नेपाल टि भि सिरियल गोलमाल तथा ख्याल ठट्टाका निर्देशक तथा कलाकार नेत्र राउतको आमा बिमार भै घोपामा ल्याएको थियो, उहाँलाई भेट्न म र अर्का कलाकार पवन खतिवडा घोपा गएर इमर्जेन्सी गेट पुग्यौ, सुरक्षा गार्डले भित्र जान मिल्दैन जान उ त्यो काउन्टर गएर ५०० धरौटी राखेर कार्ड बनाउनुस अनि भेट्न मिल्छ भने पछि मलाई अत्यन्तै अचम्म लाग्यो, आवाज उठाउन नसक्ने भुइ मान्छेहरुको उपचारको लागि खोलिएको घोपा अस्पतालमा बिरामी भेट्न जान ५ सय धरौटी राख्नपर्ने यो कस्तो मेकानिज्म हो ?’यसैगरि धरान १५ का सुनम गुरुङले यो समस्याले आफूलाई समेत समस्यामा परेको बताएका थिए ।

उनले विरामीको अवस्था नाजुक भएको अवस्थामा आकस्मिक कक्षमा लगिने भएकोले धरौटी काट्ने नियमले समस्या बनाएको बताए । उनले भने–‘यो नियमले प्रतिष्ठानलाई त आम्दानी होला, तर विरामी र विरामीको आफन्तलाई झन समस्या निम्त्याएको छ ।’

उनले दुर्घटनामा परेर सख्त घाइते भएका, अन्य सिकिस्त विरामी आकस्मिक कक्षमा उपचारका पुर्‍याउँदा एकजनाले मात्र अस्पतालसम्म लान नसकिने बताए । उनले भने–‘कुनै मान्छे दुर्घटनामा प¥यो, विरामीको कुरुवा एकजनाले सम्हाल्न नसक्ने अवस्था भएको हुन्छ, एकजना पस्न पाउने त्यही पनि धरौटी ५ सय काटेरमात्र, यो नियमले सहज हुन्छ कि समस्या हुन्छ ?’

सप्तरीका सुमन साहले प्रतिष्ठानले लगाएको यो नियम प्रभावकारी नभएको बताए । उनले भने–‘सिरियस भएको विरामीलाई बीपीको आकस्मिकबाट अन्य अस्पताल सिफ्ट गर्नुपर्ने भयो भने धरौटी फिर्ता लिन कस्ले भ्याउने ? विरामीको उपचारतर्फ लाग्ने हो कि धरौटी फिर्ता लिन जाने ?’ प्रतिष्ठानले शुरु गरेको यो नियम विरामी र विरामीका आफन्तलाई दुःख दिने नियतले लागू गरेको बताए / वार्डहरुमा यो नियम लागू गरेपनि आकस्मिक कक्षमा सम्भव नहुने उनको भनाई छ । 

उनले भने–‘एक जना विरामी बराबर एक जना कुरुवा लागू गर्नु अत्यत्तै राम्रो हो, तर धरौटीवापत ५ सय रुपैया अनिवार्य काट्नुपर्ने नियमचाहिँ वहियात हो, यो नियम मुलुकका कुनै पनि अस्पतालमा छैन । आवश्यकता अनुसार सुरक्षा गार्ड थप गरेर भित्रको भीडभाडलाई हटाउने उपायतर्फ प्रतिष्ठान लाग्नुपर्ने हो ।’

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved