वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका स्थित चक्रघट्टीमा रहेको सप्तकोशी बहुमुखी क्याम्पसले व्यवस्थापन र शिक्षा शास्त्र संकायको चौथो बर्षको परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । उक्त नतिजाले सामुदायिक क्याम्पस मध्य सप्तकोशी बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरमा प्रदेशमै अब्बल क्याम्पसको रुपमा स्थापित हुने सफल भएको छ । त्रिभुवन विश्व बिद्यालय परिक्षा नियन्त्रण कार्यालय बाट संचालित स्नातक तह चौथो बर्सको परीक्षामा स्नातक तह शिक्षाशास्त्र संकाय चौथो बर्षमा ६६ जना सहभागी मध्ये ४७ जना विद्यबिद्यार्थी प्रतिशत बिद्यार्थी उत्रीण भएकाछन । व्यवथापन संकाय तर्फ ६६ जना मध्ये २८ जना ४२.४
धरान/ धरान उपमहानगरपालिका मेयर हर्कराज राई उपमहानगरको नयाँ आर्थिक वर्षको बजेट अलपत्र छाडेर काठमाण्डौमा संगठन विस्तारमा व्यस्त छन् । सोमबार काठमाण्डौ गएका मेयरको काठमाण्डौमा शुभचिन्तकको हाई हाई भए । तर यता धरान उमहानगर भने वजेट शुन्य अवस्थामा छ ।उपमहानगरको बजेटलाई प्राथमिकतामा नराखी काठमाण्डौमा संगठन विस्तारमा व्यस्त देखिएपछि स्थानीय सरकार सञ्चालन नै प्रभावित भएको छ । मेयरको उदासिनताप्रति असन्तोष जनाउँदै धरानमै समस्या समाधान गर्नुपर्ने बेला काठमाण्डौमा संगठन विस्तार गर्नु गैरजिम्मेवारपन भएको टिका टिप्पणी हुन थालेको छ । बजेट कहिले पारित हुने भन्ने विषयमा अझै अनिश्चितता कायमै
सिरहा/ मधेस प्रदेशको सिरहामा आमा छोरा मृत अवस्थामा फेला परेका छन । लहान नगरपालिका–१, मटिअर्वास्थित डेरामा बस्दै आएकी एक महिला र उनको छोरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सोही कोठाबाट सात महिने शिशुलाई भने गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ। प्रहरीका अनुसार २३ वर्षीया रन्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएका हुन्। कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले रन्जितालाई अस्वाभाविक अवस्थामा र बालक एरोनलाई ओछ्यानमा मृत फेला पारेको थियो। इल
धरान/ नेकपा एमाले सुनसरी क्षेत्र नं. १ ले पार्टी केन्द्रको विधान महाधिवेशनको सन्दर्भमा सुझाव सङ्कलन गर्दैछ । सुनसरी क्षेत्र नम्बर १ मा पर्ने २७ वडालाई ३ समूहमा विभाजन गरी सुझाव सङ्कलन गरिंदैछ । धरान उपमहानगर कमिटी कार्यालयमा जारी सुझाव सङ्कलनमा धरान–१ देखि ७ नम्बर वडा र रामधुनी–६ र ७ नम्बर वडाको सहजीकरण पार्टीका कोशी प्रदेश कमिटी सदस्य योग्यराज खड्काको सहजीकरणमा भइरहेको छ । यस्तै धरान–८ देखि १४ र वराहक्षेत्र १ र २ नम्बर वडाको सहजीकरण पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य जयकुमार राईको सहजीकरणमा भइरहेको छ । धरान–१५ देखि २० नम्बर वडा र वराहक्षेत्र ३ देखि ५ नम्ब
सुनसरी/सुनसरीको झुम्का कारागारमा धरानका सागर राई सहित दुई जना कैदी बन्दीको मृत्यु भएको छ । धरान निवासी वर्ष २४ को सागर राई र सुनसरी गढी गाउँपालिका ६ बस्ने वर्ष ४८ को रामदेव उराँवको मृत्यु भएको हो । उराव कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए । राई लागु औषध मुद्दामा पुर्पक्षको लागी कारागारमा कैद भुत्तान गरिरहेका थिए । शनिवार राती श्वासप्रश्वासमा समस्या देखिएपछि उराँवलाई उपचारको लागी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । उरावको उपचारको क्रममा सोमबार बिहान सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । लागु औषध मुद्धामा पुर्पक्षको लागी कारागारमा रहेको अर्
हाम्रो देशमा खाद्यवस्तुको गुणस्तर र यससँग जोडिएको उपभोक्ता अधिकार कति उपेक्षित छ भन्ने बुझाउन धेरै तर्क गरिरहनु आवश्यक छैन । हरेक दिन भेटिने गुणस्तरहीन खाद्य पदार्थले यसलाई पुष्टि गरिरहेकै छ । गुणस्तरहीन खाद्य पदार्थ सीधै जनस्वास्थ्यसँग जोडिएको संवेदनशील विषय हो । त्यसैले यस विषयमा राज्यका निकायहरू तथा उपभोक्ता अधिकारको रक्षाका लागि क्रियाशील भनिएका संस्थाहरू गम्भीर हुनु आवश्यक छ । गुणस्तरहीन खाद्य पदार्थकै कारण आजभोलि मानिसहरू अनेक प्राणघातक र सङ्क्रामक रोगहरूबाट पीडित हुने गरेका छन् । खाद्य पदार्थ मात्र होइन, खानेपानी पनि शुद्ध पाउन छाडिएको छ । विराटनगरको खाद्य प्रविधि तथा गुण नियन्त्रण क
बुटवल/ रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको प्रमाणसहितको कागजात सार्वजनिक गरेका छन् । थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलासमा सम्बन्धविच्छेद गरी मिलापत्र भएको कागज सार्वजनिक गरेका हुन् । रास्वपाबाट ९ जना आकांक्षीमध्ये उम्मेदवार बनेपछि उनीमाथि बहुविवाहको आरोप सार्वजनिक भएका थिए । त्यसपछि फेसबुकमार्फत् कागजात देखाउँदै उनले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक विवाह गरेको कुरा सत्य हो । तर, त्यति नै सत्य पहिलो श्रीमतीसँग
धरान/ सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ। पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको हो। गएराति १० बजे गरिएको जल सतह मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड दुई लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। सोमबार दिउँसो ४ बजेको मापनमा पानीको प्रवाह दुई लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ ढोका खोलिएको थियो । बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए। ‘ब्यारेजमा हाल रातो बत्ती बाल
इलाम/ विगत २ महिनादेखि भारतको दार्जिलिङका विभिन्न स्थानमा देखा परिरहेको कालो चितुवा (ब्ल्याक प्यान्थर) आइतबार इलाममा फेला परेको छ । इलामको सूर्योदय नगरपालिका–२ बागविरेका टंक काफ्लेको बाख्राको खोरमा पसेको बेला स्थानीयहरूले उक्त चितुवालाई थुनेर जिल्ला वन कार्यालय इलामलाई जानकारी गराएका थिए। जिल्ला वन कार्यालयका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षणबाट उद्धार टोली बोलाइएको छ। सो चितुवा गत हप्ता गोदकमा सडकमा स्थानीय मोटरसाइकल यात्रुले देखेका थिए । पछिल्लो २ महिनामा दार्जीलिङबासी को बाख्रा चोरेर हैरान बनाएको त्यो ब्ल्याक प्यान्थरले मानिससंग पटक पटक जम्काभेट हुदा समेत मानिसलाई आक्रमण गरेक
धरान/ धरानको मुख्य नाका तीनकुनेमा सोमबार(आज) खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, भिडिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले दुधजन्य पदार्थ र पिउने पानीको अनुगमन गरेको छ। मोबाइल ल्याबमार्फत तत्काल गरिएको परीक्षणमा दुधमा कुनै मिसावट नपाइए पनि पिउने पानीका जारहरू भने ठुलो संख्यामा फोहोर, कुचिएका र पुराना भेटिएपछि नष्ट गरिएको हो। खाद्य अनुसन्धान अधिकृत प्रकृति वस्तीका अनुसार ८ वटा उद्योगका १५६ वटा पानीको जार तत्काल नष्ट गरिएका छन्। उनका अनुसार पुराना, लेबलविहीन र फोहोर जार बिक्रीमा पठाइएको पाइएपछि उद्योगमै फिर्ता पठाइएको हो। अनुगमनमा&n