झापा/ जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतबाट फरार भएका दुई थुनुवा पक्राउ परेका छन्।
प्रहरीका अनुसार मिति २०८२ साल कतिक २७ गते बिहान अन्दाजी ८ बजे बिर्तामोड नगरपालिका–८ देउनिया स्थित अप्र चौ गरामनीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सम्बन्धी मुद्दामा अनुसंधानको क्रममा फरार रहेका सरोज पौडेल र पंकजराज मैनाली लाई पक्राउ गरेको हो।
उनीहरू भदौ २३ र २४ गतेका दिन जेनजी आन्दोलनको क्रममा अनारमनी प्रहरी हिरासतबाट फरार भएका थिए। पक्राउ परेपछि दुबै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा पुर्याई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।