जेनजी आन्दोलनमा लुटिएको हतियार र गोलीसहित दुई जना पक्राउ

  • कार्तिक २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

झापा/ झापाको बिर्तामोड नगरपालिका–२ रामचोकबाट प्रहरीले गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मिति २०८२ साल कार्तिक २६ गते दिउँसो करिब १२:०० बजेतिर लाऔँ ब्युरो इकाई काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको हातहतियारका गोलीहरू पक्राउ परेकामध्ये एकको कोठाबाट फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  बाह्रदशी गाउँपालिका–४ चकचकी घर भएकी वर्ष २७ की इस्रप खातुन बिर्तामोड–२ रामचोकस्थित लाल ब. गिरीको घरमा डेरा गरी बस्दै आएकी थिइन् । उनको कोठाबाट SLR का ३८ राउण्ड, INSAS का १६ राउण्ड, काँसको थाल, करुवा, पित्तलको गिलास र प्रहरीको बुट १ जोर बरामद गरिएको छ ।

यस घटनामा संलग्न रहेका बिर्तामोड–२ का २२ वर्षीय बिकास टुडुलाई समेत पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved