शिक्षा सन्देस बोर्डिङमा ट्यालेन्ट शो: विद्यार्थीहरूले देखाए दम्भदार प्रस्तुति

  • कार्तिक २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान–६ पानवारीस्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलले बिहीबार भव्य ट्यालेन्ट शो सम्पन्न गरेको छ।

स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले दमदार गीत, नृत्य र विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा उजागर गरे।

कार्यक्रमको उद्घाटन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर सुबेदीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए।

अध्यक्ष सुबेदीले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार गायन, नृत्यलगायत अतिरिक्त गतिविधिमा सहभागिता जनाउन प्रेरित गर्दै भने,

“हार–जितभन्दा पनि सहभागिता महत्वपूर्ण हो। यिनै गतिविधिहरूले आत्मविश्वास र व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्छन्।”

प्रीन्सिपल विद्या भूषण गुप्ताले शुभकामना व्यक्त गर्दै विद्यालयका आगामी कार्यक्रमहरूको जानकारी गराए। भाइस प्रिन्सिपल बम प्रकाश राईले स्वागत मन्तव्य प्रस्तुत गर्दै विद्यार्थीहरूलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरे।

कार्यक्रममा प्लस टू संयोजक मोहन पाठक, लेखा प्रमुख अनिल कुमार बस्नेत लगायत शिक्षक–कर्मचारीको उल्लेखनीय उपस्थिति थियो।

स्कुलका शिक्षिकाहरूले प्रस्तुत गरेको आकर्षक नृत्यले कार्यक्रमको शोभा झनै बढाएको थियो। कार्यक्रम शिक्षिकाद्वय अनिला मोक्तान र मनिषा खवासले सञ्चालन गरेका थिए।

ट्यालेन्ट शोले विद्यार्थीहरूको सिर्जनशीलता, आत्मविश्वास र टीम–स्पिरिटलाई उजागर गर्दै विद्यालय समुदायमा सकारात्मक ऊर्जा भरिएको स्कुलले जनाएको छ।

sikxa78

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved