वराहक्षेत्रमा सहकारीका पदाधिकारी र कर्मचारीलाई जोखिम बिश्लेषण पल्स , एमसिआई सम्बन्धी प्रयोगात्मक तालिम

  • कार्तिक २६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय आर्थिक विकास शाखाले सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुलाई जोखिम बिश्लेषण पल्स , एमसिआई  सम्बन्धी प्रयोगात्मक तालिम आयोजना गरेको छ ।

कार्यक्रममा नगर भित्र सञ्चालित सहकारीका सञ्चालक समितिका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको छ । बुधवारबाट सुरु तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
तालिमको उद्घाटन नगर प्रमुख रमेश कार्कीले गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार , आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिवारी , कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयका पुर्व प्रमुख हरिबहादुर खत्री ,कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयका अधिकृत मनोज कार्की लगायतको आतिथ्यता रहेको थियो ।

आर्थिक विकास शाखाका प्रमुख मातृका तिबारीका अनुसार नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम अनुसार सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुकोलागि जोखिम बिश्लेषण पल्स , सिटिआई सम्बन्धी प्रयोगात्मक तालिममा सहकारीको बार्षिक योजना , बित्तय योजना, संचालक योजना तर्जुमा, सदस्य र कार्यक्षेत्र विश्लेक्षण , बजेट , योजना तर्जुमा , सदस्यको आर्थिक बिकाश परिमारित नीति सम्बन्धी प्रयोगात्म तालिम प्रदान गरिनेछ ।

तालिममा कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयका पुर्व प्रमुख हरिबहादुर खत्री ,कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयका अधिकृत मनोज कार्की, नगरपालिका आर्थिक बिकाश शाखाका प्रमुख मातृका तिबारीले सहजीकरण गर्नेछन् ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved