धरानबाट लागूऔषधसहित दुई युवक पक्राउ झापा र बर्जुमा पनि तीन स्थानमा प्रहरीको सफल अपरेशन

  • कार्तिक २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ सुनसरीको धरान–६ बाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत धरानसहित झापा र बर्जुमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो।

धरान–६ मा रहेको प्रहरी चौकी पानबारीले सोही स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधि ट्रामाडोलका २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित पक्राउ गरेको जनाएको छ।

यसैबीच, झापाको मेचीनगर नगरपालिका–६ मा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले कमल गाउँपालिका–३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

त्यस्तै, सुनसरीको बर्जु गाउँपालिका–३ का मुकेश कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय दुहबीले १८ किलो ५९८ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार सबै पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान भईरहेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved