काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान सरोकार समाजको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरे बैशाख १५ गते सम्पन्न भएको साधारण सभाद्धारा निर्वाचित भएका छन् । वि.सं.२०२१ मङ्सिर १५ गते तदनुसार ई.सं. ३० नोभेम्बर १९६४ धरानको वडा नम्बर १० मा घिमिरको जन्म भएको हो । उनी पिता भारतीय सेनाको क्याप्टेन नरनाथ घिमिरे र माता नेत्रकुमारी घिमिरेका जेष्ठ सुपुत्र हुन् । घिमिरेले विद्यालय शिक्षा धरानमा नै गरे ।उनले धरान १२ स्थित पव्लिक हाइस्कूलबाट आफ्नो विद्यार्थी जिवन सुरु गरेका हुन् । सन् १९८६ मा धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहको अध्ययन पुरा गरेका थिए ।सन् १९८९ मा काठ
डाक्टर पंकजराज नेपाल वरिष्ठ न्यूरो सर्जन आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा अपाङ्गता भएका व्यक्ति छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस छन् । यही कुरालाई ध्यानमा राखेर नै विश्वमा प्रत्येक वर्ष अक्टुवर २९ तारिखका दिन विश्व पक्षघात दिवस मनाइने गरिन्छ । विश्वमा मृत्युको प्रमुख तेश्रो कारणमा पक्षघात पर्दछ । समयमै उपचार गरे विरामीको उपचार हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म बढ्ने गर्छ ।पक्षघात, एक जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसंचार कमी भएमा पक्षघात हुने गर्छ । मस्त
शैक्षिक ग्रुप बनाएर चारवटा शैक्षिक संस्था एकैसाथ सञ्चालन गर्ने पहिलो नै हो, धरानको युएन एजुकेसनल ग्रुप । ग्रुपद्वारा सञ्चालन भएका युएन कलेज र नवोदय कलेज प्रदेश एककै उत्कृष्ट कलेजका रूपमा मानिएका छन् । अझ होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टमा यस कलेजले १० वर्षदेखि निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको छ । विद्यार्थी केन्द्रित शिक्षण शैलीले नै विद्यालयलाई उत्कृष्ट बनाइरहेको छ । दुईवटा कलेजसहित दुईवटा विद्यालय सञ्चालन गरिरहेको ग्रुपका निर्देशक तथा युएन कलेजका प्रमुख डम्बर तुम्बापोसँग कोशीपत्रले गरेको कुराकानीको सम्पादित अंश: १. होटल मेनेजमेन्टमा युएन कलेज ब्राण्ड बनेको छ, कसरी सम्भव बनाउनुभयो ?
इलाम / धेरै जसो इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खोले खुवाउने गरेका छन् । स्थानीय तहले किसानका उत्पादन प्रवर्द्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । तर इलामको रोङ गाउँपालिकाले भने किसानको जीवनस्तर उकास्नका लागि स्थानीय स्तरमै उद्योग सञ्चालन गरी कृषि उत्पादनलाई प्रशोधन गर्न थालेको छ ।सुरुवाती चरणमा रोङ गाउँपालिकाको देवनछाप साना किसान कृषि सहकारी मार्फत उद्योग सञ्चालन गरी गुन्द्रुक उत्पादन सुरु गरेको हो । स्थानीय कृषकले उत्पादन गरेको कृषि सामाग्रीको त्पादन सिधै कृषकले नै पाउनुपर्छ भन्ने मूल उद्देश्य लिएर उद्योग सञ्चालनबाटै उत्पादन
धरान /सुनसरीको व्यापारिक प्रवर्धन गर्ने उद्देश्यका साथ फागुन ११ बाट सुरु हुन लागेको धरान एक्स्पो २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा हुन लागेको एक्स्पोलाई धरान उपमहानगरपालिका र प्रदेश १ सरकारले सहयोग गरेको छ । दश दिनसम्म सञ्चालन हुने एक्स्पो धरान रंगशाला छेउमा रहेको खाली मैदानमा डोम प्रविधिको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनामा सञ्चालन हुनेछ । प्रदेश १ का स्थानीयलाई बदलिदो प्रविधि, उत्पादन र बजारीकरणको अनुभव गराउन, सुनसरी क्षेत्रका रैथाने उत्पादनलाई व्यावसायीकरण, प्रवर्धन गर्न र विभिन्न क्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीहरुका माझ अनुभव आदानप्
धरान / २०७२ सालदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाजको अधिवेशन हुन सकेको छैन । तत्कालीन अध्यक्ष सुजेन्द्र गोले तामाङले राजीनामा दिएपछि कमिटी निष्क्रिय रह्यो । सोही कमिटी तदर्थ कमिटीका रुपमा निर्माण भएर अधिवेशन हुने सन्दर्भमा छ । प्रतिष्ठान पदाधिकारीको बैठकले निर्वाचन समिति घोषणा गरेपछि समितिले आगामी पुस २३ गते शनिबार निर्वाचनको मिति घोषणा गरेको छ । यसै सन्दर्भमा । २०५० साल पुस २२ गतेदेखि प्रतिष्ठानमा सिनियर क्लर्कमा प्रवेश गरेका संजीवकुमार कर्ण अध्यक्षको उम्मेदवारका रुपमा देखिएका छन् । झण्डै तीन दशक लामो अनुभवले उनी कर्मचारीको नेतृत्वमा आउन चाहेका
आगामी राजनिती र समाजमा निष्ठा र सर्मपणका लागि कसैले उदाहरण दिन्छ भने त्यो नाम हो रमेश बस्नेत । आफ्नो क्षेत्रका लागि आफ्नो सरकारी जागिर समेत छाडेर राजनितीमा आएका बस्नेत धरानको विकाशका लागि एक प्रतिबद्ध उमेद्धारपनि हुन् । मलाई के हुन्छ हैन मेरो ठाउले के पाउछ ? भन्ने सोच बोकेर राजनितीर समाजीक सेवामा सर्मपित भएका बस्नेत मङ्सिर ४ गतेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ (क) का प्रत्यक्षतर्फका उम्मेदवार पनि हुन् । उनले साविक पा“चकन्या गाविसको २ कार्यकाल अध्यक्षसहित १५ वर्ष जनप्रतिनिधि भई काम गरिसकेका छन् । उनले राजनीतिक रूपमा धरान नगर कमिटी सदस्यदेखि १ नं. प्रदेश कमिटी सचिवालय सदस्यसम्मको भूमिक
क्याप्टेन केबी लिम्बू नेपालका लागि सम्मानित नाम हो । नेपाल र विदेशमा गरी झण्डै आधा शताब्दी अर्थात् ४३ वर्ष हवाइजहाज उडाएका लिम्बूले नेपाल वायुुवेवा निगमका प्रबन्ध निर्देशक भई अवकाश प्राप्त गर्नुुभएको छ । आकाशमा उड्दा नेपाल स्वर्गको टुुक्राजस्तो देखेपछि नेपालको विकास र समृद्धिका मुुख्य आधार पर्यटन र कृषि नै रहेछन् भन्ने बुुझ्नुभएको थियो । राजनीतिमा इमान्दारिता हुुनुुपर्छ र प्रशासनमा सुशासन हुुनुुपर्छ भन्ने प्रस्ट मान्यता भएका लिम्बूले नेपाललाई विकास गर्न १० वर्षका लागि इमानदार नेतृत्वको आवश्यकता पर्छ भन्ने अठोटका साथ अहिले प्रतिनिधिसभा सदस्यमा सुुनसरी क्षेत्र नम्बर १ बाट क्रस खुुकुुरी चुुनाव चि
धरान/ अशोक कुमार राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार हुन् । उनी नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालको साझा उम्मेदवार छन् । यस क्षेत्रमा उम्मेदवार राई नौलो नाम होइन । जनता समानजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष समेत हुन् ।यस अघि २०७४ सालको चुनावमा पनि उम्मेदवार रहेका थिए । उनको उम्मेदवारीलाई धरानको हकमा प्रभावशाली नेताको रुपमा लिइन्छ ।निर्वाचन क्षेत्रकै लागि सवैभन्दा प्रभावशाली र हेवी वेटको नेताको रुपमा गनिन्छन् । हाल सम्म यस क्षेत्रले केन्द्र सम्म जोड्ने त्यस्तो प्रभावशाली नेता एक पटक पाएको थियो । २०४८ सालको आम निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका म
सुनसरी क्षेत्र नं. ३ बाट मंसिर ४ गतेको निर्वाचनमा प्रतिष्पर्धा गर्ने भगवती चौधरी नेकपा एमालेकी प्रभावशाली नेतृ हुन् । चौधरीले यसपटक जनताले आफुलाई अनुमोदित गरेर संसदमा पठाउने दावी गरिरहेकी छिन् । जनताको जीवनस्तर उकास्ने गरी काम गर्ने लक्ष्य लिएकी चौधरीले ३१ वर्षमा नभएको काम ५ वर्षमै गर्ने दावी समेत गरेकी छिन् । ३ दशकदेखि समाजसेवा, महिला सशक्तिकरण र आर्थिक सशक्तिकरणमा सक्रिय नेतृ भगवती चौधरीस“ग निर्वाचनका विषयमा केन्द्रीत रहेर गरेको कुराकानीको संक्षेपः १) निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ ? सुनसरी क्षेत्र नं. ३ मा नेकपा (एमाले) निर्वाचनमा प्रतिष्पर्धा गर्न तम्तयार भएको छ । वडा, नगर ट