धरानको ब्रान्ड युएन कलेज होटलपछि साइन्स र कम्युटर साइन्सलाई ब्राण्ड बनाउँदैछौ

  • असार १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt -डम्बर तुम्बापो क्याम्पस प्रमुख यएन नवोदय कलेज धरान

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय शिक्षा खोज्ने विद्यार्थीको लागि उपयुक्त गन्तव्य हो। स्कुल र कलेज दुवै एकै स्थानमा सन्चालन भएको:शैक्षिक संस्था हो ।

जसले गर्दा कक्षा १० को पढाई सकेर पनि अन्यत्र धाउनु पर्दैन । त्यही कलेजमा उच्च शिक्षा हासिल गर्न सहज हुन्छ । धरान १२ मा रहेको छ । यो कलेज कोशी प्रदेशको शैक्षिक केन्द्रको रूपमा परिचित स्थापित र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा पहिचान बनाएको छ ।

आधुनिक शिक्षण प्रणाली, अनुभवी शिक्षक टिम, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित नीतिका कारण यो कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न थालेको छ। विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी लगायतका विभिन्न संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको युएन कलेजले प्रत्येक वर्ष उत्कृष्ट नतिजा निकाल्दै आइरहेको छ।

कलेजको व्यवस्थापन पक्षले समयसापेक्ष शैक्षिक सुधार र प्रविधिमैत्री सिकाइ विधि अपनाउँदै विद्यार्थीको समग्र विकासमा जोड दिएको छ।कलेजमा डिजिटल पुस्तकालय, ल्याब, स्मार्ट क्लासरुम, ई–लर्निङ प्लेटफर्म, करियर काउन्सेलिङ सेवा लगायतका अत्याधुनिक सुविधा उपलब्ध छन्।

शिक्षणमा प्रायोगिक र अनुसन्धानात्मक अभ्यासलाई जोड दिइने हुँदा विद्यार्थीले व्यवहारिक ज्ञान पनि साथमा लैजान पाएका छन्।धरान मात्र नभई कोशी प्रदेशकै शैक्षिक उत्कृष्टताको परिचायक बनेको यो कलेजले राष्ट्रिय तहका परीक्षामा उच्च अंक ल्याउने विद्यार्थी उत्पादन गर्दै आइरहेको छ।

यस कलेजका पूर्व विद्यार्थीहरू देशविदेशका प्रतिष्ठित संस्थामा उच्च शिक्षा लिँदै वा पेशागत क्षेत्रमा सफलता हासिल गर्दै आएको कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्था हो । प्रस्तुत छ कोशी पत्र दैनिकले युएन नवोदय कलेजका प्रमुख डम्बर तुम्बापोसँग गरेको शैक्षिक कुराकानीः

भिडियो:

१.यस बर्षको एसईई रिजल्टसगै स्कुलको नतिजा कस्तो भएको छ ।

हाम्रोमा लगभग–लगभग १००% नै रिजल्ट भनौँ। एकजना बहिनी चाहिँ स्कुल नआउने, अलिकति उसको स्वास्थ्य अरु–अरु कारणले गर्दाखेरि, अनि घरैबाट तयारी गरेको थियौं, हैन। उसको बाहेक लगभग–लगभग सबैको ए प्लस सहित धेरै जसो, ९५% ए ग्रेड सहित उत्तीर्ण भएका छन्। त्यसले गर्दाखेरि यस वर्षको एसईईको नतिजा एकदमै सन्तोषजनक, राम्रो छ नै भन्नु पर्छ ।

२.युएन नवोदय कलेजमा किन विद्यार्थी पढ्न रुचाउँछन् ? यसमा के छ अव नयाँ भर्ना हुन आउने विद्यार्थीलाइ्र्र के भन्नु हुन्छ ?

एकदमै राम्रो प्रश्न गर्नुभयो। भर्खरै मात्रै एसईईको नतिजा प्रकाशित भएको छ। विद्यार्थीहरु पक्कै पनि कस्तो कलेज पढ्ने, कहाँ पढ्ने, कुन विषय पढ्ने भन्ने कुरामा पक्कै पनि अब उहाँहरु अहिले सोच्दै हुनुहुन्छ, निर्णय गर्दै हुनुहुन्छ। अब प्लस टुहरु थुप्रै छन्।

सामुदायिक पनि छन्, संस्थागत पनि छन्। कलेजहरुको अहिलेसम्मको उपलब्धि, अचिभमेन्ट, विद्यार्थीहरुले प्राप्त गरेका नतिजाहरु र कलेजले गर्ने विभिन्न एक्टिभिटिजहरु र सबैभन्दा महत्वपूर्ण कुरा त अब एजुकेशन नै हो। उसको रिजल्ट नै हो। त्यो सँगसँगै त्यो प्लस टु कलेजले विद्यार्थीहरुलाई रोजगारी र आत्मनिर्भर बन्ने शिक्षा दिइरहेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण कुरा हो।

त्यसले गर्दाखेरि म सम्पूर्ण विद्यार्थी, अभिभावकज्यूहरुलाई के भन्न चाहन्छु भने, अहिले अब विभिन्न प्रलोभनहरु, विभिन्न अफरहरु पक्कै पनि सबैले दिन्छन् नै।
अर्को सवै भन्न्दा महत्वपुर्ण कुरा भनेको कलेजले प्लस टु मा अहिलेसम्म धरान टप कति समय गरिसकेको छ? सुनसरी जिल्ला टप, प्रदेश टप र नेपाल टपर छ कि छैन? यी यस्ता कुराहरुलाई पनि हेरेर चाहिँ कलेजमा भर्ना हुनुभयो भने भोलिको दिनमा पछुतो मान्नु पर्दैन, पश्चाताप गर्नुपर्दैन भन्ने लाग्छ।

३ यस कलेजमा विद्यार्थीको रुची अनुसारको विषयहरु के कस्तो छ र उनीहरुले उक्त विषय लिएपछि भविष्यमा पश्चाताप गर्नु पर्दैन ?

प्लस टु मा विशेष गरेर हामीले साइन्स, म्यानेजमेन्ट अन्तर्गत हामीले जेनेरल म्यानेजमेन्ट, पियोर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, अनि कम्प्युटर साइन्समीले विशेष गरेर यी विषयहरुलाई चाहिँ अहिले पढाइरहेका छौं।

स्लोगान, नारा नै छ, हामीले ’व्यावहारिक, आत्मनिर्भर र रोजगारमुखी शिक्षा, यु.एन. नवोदयको विशेषता’ भनेर हामीले चाहिँ एउटा नारा नै हामीले राखेका छौं। जसले गर्दाखेरि यो नारा, यो स्लोगानले नै स्पष्ट के गर्छ भने यु.एन. नवोदय कलेजले व्यावहारिक शिक्षामा जोड दिएको छ, प्र्याक्टिकल एजुकेशनमा। व्यावहारिक शिक्षा दिइसकेपछि उनीहरुलाई रोजगार खोज्नका लागि गाह्रो भएन।

हामीले सुरुवात गरेकोले गर्दा होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट अहिले ब्रान्ड बनिसकेको छ हाम्रो। र हामीले साइन्स र कम्प्युटर साइन्सलाई पनि ब्रान्डिङ गर्नतर्फ लागिरहेका छौं। धरानमा अहिलेसम्म साइन्स, कम्प्युटर साइन्स कुनै पनि प्लस टु कलेजले त्यसलाई ब्रान्डिङ गर्न सकेन। तर यु.एन. नवोदय कलेजले पछिल्लो अवस्थामा सञ्चालन गरे पनि यसलाई चाहिँ एउटा ब्रान्डिङ गर्नतर्फ हामी लागिरहेका छौं।

हामीले वीपीकेएचएसका डाक्टर, इन्जिनियरिङ क्याम्पसका इन्जिनियरहरु, उहाँहरुको टिमलाई लिएर, र अहिलेको समयसापेक्ष साइन्स पढेका विद्यार्थीहरु, भोलि कम्प्युटर साइन्स पढेका विद्यार्थीहरु प्लस टु सकेपछि पनि के बन्ने त? के गर्ने त? अहिले कस्तो छ भन्दाखेरि ट्र्याडिशनल वेमा स्टुडेन्ट ल्याउने, पढाउने, १२ को एक्जाम सिद्धियो, छोड्दिने तर हामी त्यो गर्दैनौं। हाम्रा फस्र्ट ब्याचका विद्यार्थी पनि अहिले दीपेन भण्डारीे युएसएमा स्कलरशिपमा आईटीमा ब्याचलर गरिरहेको छ।

आईटीमा गत वर्षमात्रै वरदान तुम्बापोले धरान–७ सरस्वती माविको टपरे हो। जस्ले बी फार्मेसीमा १००% स्कलरशिपमा नाम निकालेर पढिरहेका छन्। धेरै हाम्रा साइन्सका विद्यार्थीहरु अहिले इन्जिनियरिङमा, कोही आईटीमा, विभिन्न सेक्टरमा चाहिँ उनीहरुले नाम निकालेर अध्ययन गरिरहेका छन्। यसपालिको १२ को रिजल्ट पनि मलाई लाग्छ, हाम्रा विद्यार्थीहरुले साइन्समा एकजना ज्योति यादवले १२ को एक्जाम लेखिसकेको छ।

उनको धरान टप त निश्चित रुपमै गर्छ। साइन्समा। उसले प्रदेश टपरसम्म बन्न सक्छ कि भन्ने हाम्रो एउटा आँकलन छ। त्यसले गर्दाखेरि पनि अब डाक्टर, इन्जिनियरहरु नै रहेर, त्यो पनि नजिकै बीपीकेएचएसका डाक्टरको टिम, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका कम्प्युटर इन्जिनियरका टिमबाट चाहिँ साइन्स, कम्प्युटर साइन्स पनि सञ्चालन भइरहेकोले गर्दा मलाई लाग्छ अबको चाँडै, केही वर्ष भित्रमा यु.एन. नवोदय कलेजलाई म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट सँगसँगै अब साइन्स र कम्प्युटरको पनि ब्रान्ड कलेज हो भनेर तपाईंहरुले पनि समाचार बनाउनु नै हने छ । .

४. एसईईको विद्यार्थीहरुलाई लक्षित गरेर भर्ना अभियानको तयारी के छ त ?

एसईई दिएका विद्यार्थी भाइबहिनीहरुको सबै कुरालाई सम्मान गर्नेछौ । कोही इन्टेलेक्चुअल हुन्छन्, पढाइमा ट्यालेन्ट हुन्छन्। ज ए प्लस ग्रेड जसले ल्याएका छन्, ती विद्यार्थीहरुलाई हामी ग्रेड इलाभेनमा १००% स्कलरशिप, एडमिसन, मन्थ्ली फी, एनुअल फी सबै कुराहरुमा विशेष छुट सहित विद्यार्थीको भविष्य बनाउन सहयोग गर्नेछौ ।

शिक्षा व्यापार मात्र होइन, सेवा पनि हो। एउटा कुरा मैले जोड्न चाहेँ, एक नम्बर प्रदेशमा बीएचएम कहीँ पनि थिएन, ब्याचलर अफ होटल म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालयको। एक नम्बर प्रदेशका विद्यार्थीहरु हिजो काठमाडौं जानुपथ्र्यो। काठमाडौं गएर पढ्दाखेरि डेरा बस्नुपथ्र्यो, होस्टेल बस्नुपथ्र्यो, धेरै कुराहरुमा खर्चालु हुन्थ्यो। तर आज त एक नम्बर प्रदेशका विद्यार्थीहरुको लागि यु.एन. कलेजले त्यो सुविधा दिएको छ नि त। त्यो पनि एउटा सेवा हो नि त।

धरानमै त्यो सुविधा दियो यु.एन. कलेजले, बीएचएम टीयुको धरानमै पढाइ हुन्छ । हामीले ए प्लस ग्रेड ल्याउने विद्यार्थीहरुलाई ११ मा १००% छात्रवृत्ति, स्कुल टपर जो ए प्लस नआए पनि एसईईमा स्कुल टपर हुनुहुन्छ, उहाँहरुलाई एडमिसनमा १००% स्कलरशिप, र जसले ए ग्रेड ल्याएका छन् यो एसईईमा, ती विद्यार्थीहरुलाई पनि हामीले एडमिसनमा ५०% छुट दिएका छौं। इन्ट्रान्स एक्जाम हुन्छ।

र यो इन्ट्रान्स एक्जाममा पनि टपर, सेकेन्ड टपर र थर्ड टपरले त १००% एडमिसनमा स्कलरशिप पाउने निश्चित छ । त्यसैगरि सेकेन्ड टपर र थर्ड टपरले पनि उसले स्कलरशिप पाउँछ। अब मैले यो जोडें ट्यालेन्टेड स्टुडेन्टहरुको लागि पनि सहयोग गरेर पढाउँदैछौ ।

कोही खेलकुदमा राम्रो हुन्छ जस्ले गाउँपालिका स्तरीय, नगर स्तरीय, ल वडा स्तरीय ,जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरीय कुनै पनि खेलकुदमा चाहिँ त्यो विद्यार्थीले चाहिँ जितेको छ, उसँग सर्टिफिकेट छ, मेडल छ भने लिएर आओस्, हामी उसलाई पनि विशेष छात्रवृत्ति दिने व्यवस्था गरेका छौं।

त्यति मात्र होइन, अब विद्यार्थी भाइबहिनीहरुको प्रतिभा क्षमता त अन्य क्षेत्रमा पनि हुन्छ। गायनमा, नृत्यमा, वाक कलामा, हैन, लगायत अन्य थुप्रै जान्राहरु, विधाहरुमा चाहिँ एसईईसँग रिलेटेड विभिन्न, जस्तै ब्युटी प्याजेन्ट मिसेस सी भन्छ, मिस्टर अब एसईई आइडल भयो, एसईई स्पिकर भयो, अब यो विभिन्न नगर स्तरीय, विभिन्न जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरीय कार्यक्रमहरुमा सहभागी भएर विजेता हुने भाइबहिनीहरुलाई पनि हामीले छात्रवृत्ति, विशेष छात्रवृत्ति दिने व्यवस्था गरेका छौं।

त्यो सँगसँगै जो गरिब छ, जेहेन्दार छ, हैन, अब नेपाल सरकारले तोकेको अहिले जनजाति, दलित,अलिकति आर्थिक रुपमा विपन्न ती विद्यार्थीहरु पनि जेहेन्दार छन्, पढ्न चाहन्छन् भने त्यस्ता विद्यार्थीहरुलाई पनि हामीले छात्रवृत्ति दिँदै आइरहेका छौं र अब पनि हामी के दिन्छौं? उनीहरुलाई छात्रवृत्ति दिन्छौं। र अर्को कुरा, यु.एन. नवोदय कलेजले एउटा सुविधा सम्पन्न गल्र्स होस्टेल, आफ्नै गल्र्स होस्टेलको रुप पनि व्यवस्था गरेको छ।

होटल म्यानेजमेन्टमा त मैले गर्वका साथ भन्नुपर्छ, मेरो विद्यार्थीले ३.९६ जीपीए आउट अफ फोर, त्यो पनि त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षा हो। अहिले विभिन्न परीक्षाहरुमा अब हामीले समाचारमा सुन्न पाएका छौं। तर त्रिभुवन विश्वविद्यालयको परीक्षा भनेको जेन्युन परीक्षा हुन्छ। त्यो परीक्षामा पनि ३.९६ जीपीए र ३.९२ जीपीए ल्याएर नेपाल सेकेन्ड टपर र थर्ड टपर भएका छन् यु.एन. कलेजका विद्यार्थीहरु।

म गर्वका साथ भन्छु, यु.एन. कलेज मात्र यस्तो कलेज हो जसले आफ्ना विद्यार्थीहरुलाई नेपाल टपर भयो भने ५० हजार नगद पुरस्कारसहित सम्मान गर्छ। हो। प्रदेश टपर भयो भने २५ हजार पुरस्कारसहित तपाईंको सम्मान गर्छ। धरान टपरलाई पनि हामीले १० हजार नगद सहित हामी सम्मान गर्छौं र सुनसरी जिल्ला टपरलाई पनि हामीले १० हजार नगद सहित सम्मान गर्छौं। यति धेरै नगद पुरस्कार दिएर सम्मान गर्ने यु.एन. नवोदय कलेज पहिलो कलेज हो। धरानको हकमा धेरैजसो यु.एन. नवोदय कलेजले नै टप गरेका छन्। विद्यार्थीलाई नगद पुरस्कार दिएर हौसला बढाउने, प्रशंसा गर्ने, सम्मान गर्ने काम चाहिँ यु.एन. नवोदय कलेजले गर्दै आएको छ।
५.अब अन्त्यमा के भन्न चाहनुहुन्छ?

अन्त्यमा त म एसईई परीक्षामा सफल विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई तथा शुभकामना यु.एन. कलेजको तर्फबाट, नवोदय प्लस टु को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि दिन चाहन्छु। र विशेष गरेर अब तपाईंहरुले यो प्लस टु लेभल भनेको एउटा फाउन्डेसन लेभल हो, जसले तपाईंहरुको करियर र भविष्य, भोलि तपाईंहरु के बन्ने भन्ने कुराको एउटा निर्धारण गर्छ, एउटा सेप यसले दिन्छ।

त्यसले गर्दाखेरि तपाईंहरुको उद्देश्यअनुसार, तपाईंहरुको इच्छाअनुसार, तपाईंहरु कोही साथीभाइको लहैलहैमा नलागिकन, कसैको फल्स प्रमिसमा नलागिकन, तपाईंहरुले आफ्नो भविष्य सोचेर, आफ्नो करियर सोचेर, सही सब विषय तपाईंहरु छान्नुहोला। एकपटक यु.एन. नवोदय कलेजमा पनि तपाईंहरु भिजिट गर्नुहोला। यु.एन. नवोदय कलेजमा के–के पढाइ हुन्छ, के–के सुविधा छ र यी विषयहरुमा बुझ्नुहोला।

तपाईंहरु कन्भिन्स हुनुहुन्छ, मेरो भविष्य यहाँ बन्न सक्छ, म यहाँनिर एउटा गुणस्तरीय, सीपमूलक र व्यावहारिक रोजगारमुखी शिक्षा प्राप्त गर्छु भन्ने तपाईंहरुलाई लाग्छ भने कक्षा ११ मा तपाईंहरुलाई वेलकम गर्नका लागि, स्वागत गर्नका लागि हामी आतुर छौं। हामी त्यसको पर्खाइमा छौं। अर्को महत्वपूर्ण कुरा मैले भन्नुपर्ने हुन्छ, होटल म्यानेजमेन्टको सवालमा धरानमा प्लस टु मा पनि होटल म्यानेजमेन्ट पढाइ हुने र बीएचएम, ब्याचलर अफ होटल म्यानेजमेन्ट पनि पढाइ हुने धरानको एकमात्र कलेज हो यु.एन. कलेज मात्रै हो ।

त्यसले गर्दाखेरि होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी भाइबहिनीहरुलाई त म अझ के भन्छु भने, तपाईंहरुले यु.एन. नवोदय कलेजमा प्लस टु पढिसकेपछि बीएचएममा तपाईंहरुले प्राथमिकता पाउनुहुनेछ नाम निकाल्नमा।

बीएचएम भनेको नेपाल गभर्मेन्टको, त्रिभुवन विश्वविद्यालयको कोटा सिस्टम हुन्छ। त्यो लिमिटेड कोटामा नाम निकाल्नुपर्ने हुन्छ। त्यसमा प्रदेशभरिका विद्यार्थीहरु यु.एन. कलेजमा आउँछन्। त्यसैले गर्दाखेरि जसले प्लस टु मा यु.एन. नवोदय कलेज पढ्नुहुन्छ, उहाँहरुलाई हामी प्राथमिकतामा राख्छौं। त्यति मात्र होइन, हाम्रा विद्यार्थीहरुलाई हामी बीएचएममा निःशुल्क हामी ल्यापटप पनि, ब्रान्डेड ल्यापटप पनि वितरण गर्छौं।

त्यसले गर्दाखेरि तपाईंहरु जो अहिले प्लस टु पढ्न चाहनुभएको छ, होटल म्यानेजमेन्ट पढ्न चाहनुभएको छ, तपाईंहरु कुनै पनि दोधार नभई, दुविधा नभईकन यु.एन. नवोदय कलेजमा तपाईंहरु आउनुहोला। तपाईंहरुले धेरै सुविधा पाउनुहुनेछ।

तपाईंहरुले बारिस्टामा निःशुल्क ट्रेनिङ प्राप्त गर्नुहुनेछ। किनभने धरानमा कुनै पनि प्लस टु कलेजहरुले बेकरी र बारिस्टा स्कुल सञ्चालन गर्न सकेको छैन। यु.एन. कलेज पहिलो हो, जसको आफ्नै आउटलेट छ। जहाँ तपाईंहरुले ट्रेनिङ मात्र होइन, भोलि इन्टर्नदेखि लिएर धेरै कुराहरु प्राप्त गर्नुहुनेछ।

र पछि तपाईंहरुलाई इन्टरनेशनल पेड इन्टर्नसिपमा युरोपदेखि लिएर, हङकङदेखि लिएर विभिन्न देशहरुमा पठाउन सक्ने एउटै मात्र कलेज हो यु.एन. कलेज। आइएलटीएस गरेर ३०–४० लाख तिरेर १२ पास गरेर त जुनै विषयबाट पनि जान पाउँछ। तर हाम्रा विद्यार्थीहरुलाई हामी ३०–४० लाख होइन, हामी युरोप, फ्रान्स पठाउँदा पनि हामी हङकङ पठाउँदा पनि टिकट र डकुमेन्टेसनको लागि मात्र थोरै खर्च लिएर धेरैमा डेढदेखि दुई–अढाई लाखसम्म पैसा खर्च गरेर तपाईंहरु फ्रान्स, हङकङ जान सक्नुहुनेछ।

त्यसैले गर्दाखेरि पनि यु.एन. नवोदय कलेजले विद्यार्थीहरुको हक–हितको लागि, इन्टरनेशनल पेड इन्टर्नसिप गर्ने पहिलो कलेज र इन्टरनेशनल लेभलमा स्टार होटलहरुमा जब प्लेसमेन्टको जागिरको व्यवस्था गराइदिन सक्ने यु.एन. कलेज पहिलो भएको कारणले गर्दाखेरि पनि तपाईंहरु एकपटक यु.एन. नवोदय कलेज पनि भिजिट गर्दिनका लागि आग्रह, अनुरोध गर्दै म बिदा हुन चाहन्छु। र हाम्रो कोशीपत्र मिडियालाई पनि म धेरै–धेरै यो अवसरको लागि धन्यवाद दिन चाहन्छु।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved