धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित सुनाखरी एकेडेमी उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने शिक्षालयको रूपमा परिचित हुँदै गएको छ ।
गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, तथा विद्यार्थी केन्द्रित सिकाइ पद्धतिका कारण सुनाखरी एकेडेमीले छोटो समयमा अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको छ।
यस एकेडेमीमा बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । अनुभवी शिक्षक टोली, प्रविधिमैत्री कक्षा कोठा, नियमित परिक्षा प्रणाली, र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वांगीण विकासमा ध्यान केन्द्रित गरिएको छ ।
विद्यालयले स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा सांस्कृतिक कार्यक्रम, स्वास्थ परीक्षण शिविर, र खेलकुद प्रतियोगिता समेत पर्दछन् ।सुनाखरी एकेडेमीका प्रधानाध्यापकका अनुसार संस्थाले “शिक्षा, अनुशासन र नैतिकता” लाई आफ्नो मूल मन्त्र बनाउँदै आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ ।
धरान १२ स्थित यो एकेडेमी अब आगामी वर्षहरूमा पनि स्थानीय स्तरमा मात्र होइन, क्षेत्रीयस्तरमै उदाहरणीय शैक्षिक संस्थाको रूपमा अघि बढ्ने विश्वास लिइएको छ।यसैवीच कोशीपत्र दैनिकले एकडेमीको बारेमा सुनाखरी एकेडेमी धरानका प्रिन्सिपल मिलन कुमार राईसँग गरेको कुराकानीः
१ यस बर्षको एसइई परीक्षाको रिजल्ट कस्तो आयो त ?
हाम्रो १००% रिजल्ट एसईईमा रिजल्ट प्राप्त गर्न सफल भएको छ । आइसक्या छ। यसमा सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई भन्न चाहन्छु। हाम्रो मात्र नभएर देशभरि जति पनि पास भइरा’छन्, उत्तीर्ण भा’छन्, सम्पूर्ण भाइबहिनीहरूलाई हार्दिक बधाई दिन चाहन्छु।
र अब, अबको फर्दर स्टडिजको लागि चाहिँ तपाईंहरूले बुझेर गर्नुहोस् भन्न चाहन्छु । सम्पूर्ण कलेज, सबै कलेजहरू भिजिट गर्नुहोस्, बुझेर, हैन, मात्रै अब त्यहाँ पढ्नुहोस्। ठिक छ कि छैन? हामी विज्ञापनको भरमा चाहिँ नदौडिनुहोस्, हैन।
भिडियो
बुझ्नुहोस्। अब नेटको जमाना छ, नेटमा तपाईंले हेर्न सक्नुहुन्छ कुन विषय पढ्दा के हुन्छ भनेर। हामीले भनिराख्नै पर्दैन।
यदि कोही पढ्न चाहनुहुन्छ भने र पढाइको साथसाथमा अन्य अतिरिक्त क्रियाक्लाप स्पोट्र्सहरूमा आफ्नो करियर बनाउन चाहनुहुन्छ भने हामी सुनाखरीले एउटा लिमिटेड सिटमा, हामी धेरै राख्दैनौं।
२५ टु ३० अथवा ३५ को रेन्जमा मात्रै विद्यार्थी राख्ने हो।स्कुलदेखि नै भा’को हुनाले हामीलाई त्यस्तो दौडधुप गर्नु आवश्यकता देख्दिनँ। किनभने हामीले हाम्रो विद्यार्थीहरू पनि छन् र बाहिरबाटका भाइबहिनी कोही चाहनुहुन्छ भने हामी लिमिटमा मात्र राख्छौं र यहाँ सम्पूर्ण प्यारेन्ट्सहरू र विद्यार्थीहरूले एकचोटि चाहिँ भिजिट गरेर यथार्थ कुरा चाहिँ बुझ्नलाई चाहिँ अनुरोध गर्दछु।
२ यहाँहरुले शतप्रतिशत नतिजा ल्याउन सफल हुनुभएको छ। यसको कारण के हो?
कारण भनेको चाहिँ अब हाम्रो विद्यार्थीहरूको एउटा हार्ड वर्किङ। किन विद्यालय पनि अब प्यारेन्ट्सहरू र विद्यालय लागि परेको हुन्छ। जस्तै अब हामी अहिले वैशाखदेखि नै नानीहरूलाई अतिरिक्त कक्षाहरू सन्चालन गर्दैछौ ।
जो विद्यार्थीहरु घरमा पढ्दैनन् त्यो नपढ्ने भएकोले अब हामीले स्कुलले नै अब अतिरिक्त कक्षाहरू, कमजोर विद्यार्थीहरूलाई, हैन, जसरी भएपनि गर्नैपर्छ भन्ने हिसाबले चाहिँ हामीले उनीहरूलाई जोड दिएको हुन्छौं, सुरुदेखि नै, बेलैदेखि नै। त्यसको परिणाम हो यो।
३ विद्यार्थी सफल हुन अभिभावकको, शिक्षकको कस्तो भूमिका रहन्छ र सफल हुनुभएको छ?
(सबैजनाको भुमिका महत्वपुर्ण नै हुन्छ । अभिभावकको पनि त्यत्तिकै, सबैको बराबर भूमिका रहन्छ। शिक्षक,अभिभावकको पनि, विद्यालय सहित तीनटा चिज मिलेन भने कहिले पनि काम लाग्दैन। बच्चाहरू सफल हुँदैनन्। अब जस्तै यहाँ पढाएको कुराहरू चाहिँ घरमा पढ्यो कि पढेन, प्यारेन्ट्सले फलोअप गर्नु प¥यो।
उहाँले त राम्रो गाइड गर्नु प¥यो। स्कुलको भरमा मात्रै अब उहाँहरू बस्नुभयो भने पनि त्यो सक्सेस हुँदैन। र हामीले टिचरहरूलाई पनि त्यसैगरी हाम्रो भनिराखेका हुन्छौं। यसरी सबै चाहिँ जिम्मेवार छन् भन्ने कुरा चाहिँ हामीले र उत्तिकै सबैको दायित्व छ भन्ने कुरा. वुझ्न जरुरी हुन्छ ।
४ . तपाईंको यतिबेला त विद्यार्थीहरू कहाँ पढ्ने, कस्तो विषय पढ्ने, कुन कलेज जाने भनेर अन्योलमा पनि छन् र आतुर पनि छन् पढ्न हैन। तपाईं यस्ता विद्यार्थीहरूलाई के भन्न चाहनुहुन्छ?
अहिले एकखालको भ्रम छ के भने एजुकेसन सेक्टरमा। इभन जुन अलिकतिसञ्चालकहरूले नै अब कलेज सञ्चालकहरूले भ्रम फिँजाएको छ। हामी मात्रै राम्रो अरु नराम्रो। त्यो होइन। पढाइ अब जस्तै, मैले देखेको छु, कि आफूले आफूलाई टपर घोषणा गर्न खोज्छन्।
त्यो राम्रो होइन नि त। त्यो टपर भनेको एउटा सम्बन्धित सेक्टरबाट मात्रै, के रे, क्षेत्रबाट घोषणा हुनुप¥यो। उहाँको नानीहरूलाई चाहिँ जस्तै के पढ्दा के हुन्छ भन्ने कुरा प्यारेन्ट्सहरू आउनुप¥यो, हैन, क्लियर भन्नुप¥यो। अब यो जस्तै के पढ्दा चाहिँ के हुन्छ, यसको स्कोप के छ, भोलि गएर यसले के गर्छ भन्ने कुरा चाहिँ उनीहरूलाई सम्झाउनु प¥यो नि त।
सबै कुरा छर्लङ्गै भन्नुप¥यो। जस्तै एजुकेसन पढ्यो भने के हुन्छ, म्यानेजमेन्ट पढ्यो भने, कम्प्युटर साइन्स पढ्यो भने के हुन्छ, यी सबै कुरा हामीले बुझायौं। यो पढ्यो भने त्यो मात्रै भन्दै होइन कि सबै कुरा, यो पढेर नानी यो पढ्नुपर्छ यो भनेर। अहिले तपाईंको नेटको सिस्टम छ, इन्टरनेटको सिस्टम। प्यारेन्टहरूले र विद्यार्थीहरूले आफैं हेर्दाखेरि चाहिँ राम्रो हो, हैन। त्यो भ्रम फिँजाएन। यस्तो हो, यस्तो, त्यो काम लाग्दैन भन्ने चाहिँ मिल्दैन।
५.धरानका अन्य स्कुलहरूभन्दा यहाँको स्कुलमा फरक के छ?
फरक के छ भने अब हामी नानीहरूलाई प्रेसर दिँदैनौँ, हैन? एउटा स्वतन्त्र रुपमा। अतिरिक्त कक्षा त लिन्छौं, तर एउटा स्वतन्त्र, उनीहरूले पनि सिकून्।
त्यो नै पर्मानेन्ट नलेज हो नि त। तपाईंको प्रेसर दिएर, जबर्जस्ती दिएको नलेज चाहिँ हुँदैन, काम लाग्दैन। र हामीसँग कस्तो भने तपाईंको पढाइको साथसाथै अतिरिक्त क्रियाकलापहरूमा पनि नानीहरूलाई इन्गेज, जसले चाहिँ हाम्रो नानीहरूको जुन एउटा दिमागलाई एउटा रिफ्रेस गर्ने, त्यो पनि हो। हामी अधिकांश जुन एउटा नानीहरूलाई चाहिँ इन्भल्भ गराउँछौं, विभिन्न एक्स्ट्रा करिकुलर एक्टिभिटिजहरू लिएर, अन्य सोसल वर्कहरू पनि गराउँछौं।
त्यो चाहिँ जसले गर्दा नानीहरूमा अलिकति के भन्छ, समाजप्रतिको दायित्व पनि फिल हुन्छ। गराउँछौं। र हामीसँग पनि छ प्लस टुको, एउटा फ्याकल्टीजहरू।
६ एचएम पनि पढाउनुहुन्छ?
छ, छ। होटल म्यानेजमेन्ट, अनि कम्प्युटर साइन्स र अरु म्यानेजमेन्ट। र यहाँ म के जोड्न चाहन्छु भने, अहिले जुन होटल म्यानेजमेन्ट भनेको पियोर एउटा सब्जेक्ट मात्रै होइन के। सबै होइन नि त। छ वटा विषय ।
हाम्रो प्यारेन्ट्स र विद्यार्थीहरूले बुझ्ने भनेको होटल म्यानेजमेन्ट भनेको छ वटै सब्जेक्ट होटल म्यानेजमेन्ट होइन। एउटा विषय हो ।एउटा विषय, छ वटा विषयमा चाहिँ तपाईंको एउटा अप्सनल सब्जेक्ट हो।
अरु चाहिँ तपाईंको के हुन्छ, कमन सब्जेक्टहरू हुन्छ। तपाईंले उनीहरूले पढ्नुपर्ने हुन्छ। यहाँ चाहिँ होटल म्यानेजमेन्ट मेरो ए वान भन्ने चाहिँ राम्रो होइन। किनभने एउटा विषय अप्सनल भएको, सरी सब्जेक्ट हो। त्यो भएकोले चाहिँ म प्यारेन्ट्सहरू र विद्यार्थीहरूलाई चाहिँ के क्लियर गर्न चाहन्छु भने कम्प्युटर साइन्स भनेको, कम्प्युटर साइन्स भनेको एउटा विषय मात्रै हुन्छ, अप्सनल हो के। अरु त सबै, सबैले पढ्ने सब्जेक्ट हो ।
अब हामीले हामी चाहिँ भ्रम छर्दैनौं। प्यारेन्ट्सहरूलाई बोलाउँछौं, नानीहरू कोही छ भने बुझ्नलाई। प्यारेन्ट्सले पनि, हैन, यो यो हो, यो यो हो भनेर। कसैको कोहीसँग कम्पेयर पनि गर्दैनौं।
७.अब नयाँ भर्ना अभियान पनि सुरु हुँदैछ ११ को। के छ,जस्तो अब अभिभावक, विद्यार्थीहरूलाई आर्थिक भार पनि हुन्छ ।आर्थिक, जहाँ सहुलियत पाइन्छ त्यहाँ विद्यार्थी अभिभावक जान्छन्। यो सुनाखरी एकेडेमीमा चाहिँ के छ ?
स्कलरसिप छ, हैन।स्कलरसिप भन्नाले ए प्लस ल्याउनेहरूलाई अब विशेष सुविधा छ, हैन। १००% नै चाहिँ भन्दिनँ म नि। किन ए प्लस ल्याउने थुप्रै छन् नि त। १००% दिने भोलि कलेज नै चल्दैन। अनि अर्को कुरा चाहिँ अब नानीहरू इन्ट्रान्समा छ भने, टपर भयो भने, त्यो कुरा छ। जस्तै हाम्रो इन्ट्रान्स पर्सि हुँदैछ, त्यहाँ टप लियो भने चाहिँ हामी ८०% अथवा १००% दिने छ, हैन। तर लगभग हामी विद्यार्थीहरूलाई एउटा रिजनेबल फि स्ट्रक्चर दिएर भने हामी पढाइराखेका छौं। अब हाम्रो यो तेस्रो, तेस्रो ब्याचले दिइसक्याछ, हैन।
अँ, यो हाम्रो अब यो चौथो ब्याच हो।
८ स्कुलमा विगतको ब्याकग्राउन्ड पनि हेर्छन्,सुनाखरीले पढाएको विद्यार्थीहरू त कहाँ कहाँ के के गर्दैछन त ?
(सुनाखरीले पढाएको विद्यार्थीहरू अब अधिकांश त विदेशतिरै छन्। आजभोलि त युवाहरू नेपालभित्र बस्दैनन्। अधिकांश अब कोही आर्मी भएका छन्, हैन? अब अहिले चाहिँ अब कति हाम्रो कराते खेल्नेहरू चाहिँ अब यो सशस्त्रमा के रे लागिसक्या छ। खेलकुदबाट ोजगारी भयो। कोही अब तपाईंको बैंकिङ सेक्टरतिर छ। कोही मेडिकल पढ्दैछन्, हैन। यो चाहिँ हाम्रो एउटा ब्याकग्राउन्ड हो।
९ अन्त्यमा, सुनाखरी एकेडेमीको शैक्षिक गुणस्तरलाई अझै राम्रो बनाउन, समुन्नति बनाउन राज्य र अन्य निकायहरुले के गर्नुपर्ला जस्तो लाग्छ?
हाम्रो योजना भनेको अब त्यही नै हो। किनभने बच्चाहरूलाई चाहिँ कसरी अब त्यो कमजोरी विद्यार्थीहरूलाई चाहिँ पहिचान गरेर अझै लाने हो ।
शैक्षिक सुविधा, मानौं शिक्षालाई शिक्षाको गुणस्तर उकास्नको लागि अब टिचरहरूलाई राम्रो राख्ने, ट्रेनिङ दिने र भोलि गएर यो हाम्रो जुन एउटा जुन छ नि अहिलेको परम्परालाई मेन्टेन गर्नको लागि अझ हामीले हार्डवर्क गर्ने। प्यारेन्ट्स र विद्यालय मिलेर अब सबैले नानीहरूलाई चाहिँ एकदम ख्याल गर्ने, हैन। त्यही नै हो हाम्रो।
अन्य त अब खेलकुदहरू सबै छन ।अन्त्यमा एसइई परीक्षा उतीण गरेका विद्यार्थीहरुलाई एक पटक म के अनुरोध गर्न चाहन्छु भने आउनुहोस सुनाखरी हामी तपाईहरुलाई स्वागत गर्दछौ र तपाईहरुकाे भविष्य बनाउन हामी सहयोग गर्ने छौ ।