-फण्न्द्रि तिम्सिना
धरान/ पछिल्लो समय कोशी प्रदेशकै शैक्षिक क्षेत्रमा द्रुत रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको धरान मेघा हिमालयन कलेज अहिले नयाँ शैक्षिक सत्रको भर्ना अभियानमा व्यस्त छ।
नर्सरीदेखि ब्याचलरसम्म एउटै छानामुनि अध्ययनको अवसर, दक्ष शिक्षक टोली, अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता र करियर–केन्द्रित शिक्षण प्रणालीका कारण कलेज अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै आएको छ।
यिनै विषयमा केन्द्रित रहेर कलेजका प्रिन्सिपल भास्कर पौडेलसँग कोशीपत्रले गरिएको विस्तृत कुराकानीको सम्पादित अंश प्रस्तुत छः
भर्ना अभियानको अवस्था अहिले कस्तो छ ?
अहिले हाम्रो नर्सरीदेखि कक्षा ९ सम्मको भर्ना प्रक्रिया अन्तिम चरणतिर पुगेको छ। पुराना विद्यार्थीहरू अधिकांश पुनः भर्ना भइसक्नुभएको छ भने नयाँ आउने क्रम पनि जारी छ।
कक्षा सञ्चालन सुरु भइसकेको छ। कक्षा ११ को भर्ना भने एसईई नतिजा आएपछि मात्र खुल्नेछ।
धरान मेघाका विद्यार्थीहरू खेलकुद र अतिरिक्त क्रियाकलापमा किन सफल देखिन्छन् ?
हामी केवल किताबमा सीमित शिक्षा दिन चाहँदैनौँ। खेलकुद, संगीत, वक्तृत्वकला जस्ता गतिविधिमा पनि विद्यार्थीलाई सक्रिय बनाउँछौँ।
हरेक विद्यार्थीले कुनै न कुनै क्षेत्रमा अब्बल बनोस् भन्ने हाम्रो लक्ष्य हो। यसले विद्यार्थीलाई मानसिक रूपमा ताजगी दिन्छ र शारीरिक विकासमा पनि मद्दत गर्छ।
यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थीहरूको उपलब्धि कस्तो छ ?
कक्षा १० पछि तुरुन्तै ठूलो उपलब्धि देखिँदैन, तर ११–१२ सकेपछि हाम्रा विद्यार्थीहरू देशका प्रतिष्ठित संस्थाहरूमा अध्ययन गरिरहेका छन्—जस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुल्चोक इन्जिनियरिङ कलेज, पूर्वाञ्चल इन्जिनियरिङ कलेज तथा विभिन्न मेडिकल कलेजहरू। केही विद्यार्थी विदेशमा पनि अध्ययन गरिरहेका छन्। यही नै हाम्रो उपलब्धि हो।
यस वर्षदेखि नयाँ योजना के–के छन् ?
यस वर्षदेखि हामीले कक्षा ११–१२ बाटै विद्यार्थीलाई करियरअनुसार तयारी गराउने योजना ल्याएका छौँ। कोही MBBS, Nursing, Engineering, Management वा विदेश अध्ययन गर्न चाहन्छ भने त्यसैअनुसार सुरुदेखि नै गाइड गर्नेछौँ। साथै, ब्याचलर तहमा पनि नयाँ कार्यक्रम थप्ने तयारीमा छौँ।
आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि के व्यवस्था छ ?
आर्थिक अवस्था कमजोर भएर पढाइ रोकिनु हुँदैन भन्ने हाम्रो मान्यता हो। विद्यार्थी पढाइ, खेलकुद वा अन्य क्षेत्रमा अब्बल छ भने छात्रवृत्ति उपलब्ध गराउँछौँ। वास्तविक आवश्यकता भएका विद्यार्थीलाई सिफारिस, सहयोग र स्पोन्सरसम्म मिलाएर पनि सहयोग गर्ने गरेका छौँ। आवश्यक पर्ने विद्यार्थी यहाँबाट खाली हात फर्किँदैन।
धरान मेघा रोज्नुको मुख्य कारण के हो ?
हाम्रो मुख्य विशेषता भनेको नर्सरीदेखि ब्याचलरसम्म एउटै छानामुनि अध्ययनको सुविधा हो। Science, Management, Hotel Management, IT लगायत सबै फ्याकल्टी उपलब्ध छन्। दक्ष शिक्षक, आधुनिक ल्याब र ‘मेगा एजुकेसन ग्रुप’को बलियो संरचनाले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सहज भएको छ।
भर्ना अभियान र नियम–प्रक्रियाबारे के भन्नुहुन्छ ?
हामी सरकारी र स्थानीय निकायले तोकेका सबै नियमअनुसार भर्ना प्रक्रिया सञ्चालन गर्छौँ। एसईई नतिजा आएपछि मात्र औपचारिक रूपमा कक्षा ११ को भर्ना खुल्छ। त्यसबाहेक विपन्न र दुर्गम क्षेत्रका विद्यार्थीलाई सहयोग गर्ने योजना पनि हाम्रो प्राथमिकतामा छ।
अभिभावक र विद्यार्थीलाई के सन्देश दिन चाहनुहुन्छ ?
कलेज छान्दा हल्लाको पछि नलाग्नुस्। शिक्षकको गुणस्तर, भौतिक पूर्वाधार र विगतका नतिजा हेरेर निर्णय गर्नुहोस्। हाम्रो विगत ५ वर्षको उपलब्धि मूल्याङ्कन गर्नुभयो भने सही निर्णयमा पुग्नुहुन्छ भन्ने विश्वास छ। अभिभावकको साथ र विश्वास बिना हामी अघि बढ्न सक्दैनौँ, त्यसका लागि धन्यवाद पनि दिन चाहन्छु।
अन्त्यमा के भन्नुहुन्छ ?
वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा हिमालयन कलेजले छोटो समयमै गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप र करियर–केन्द्रित शिक्षण प्रणालीका कारण आफ्नो छुट्टै पहिचान बनाएको छ।
नगर तथा जिल्लास्तरीय प्रतियोगिताहरूमा उत्कृष्ट नतिजा, दक्ष शिक्षक टोली, आधुनिक पूर्वाधार र छात्रवृत्ति योजनाले कलेजलाई अझ आकर्षक बनाएको छ।
शिक्षा मात्र होइन, भविष्य निर्माणको आधार तयार गर्ने लक्ष्यसहित अघि बढिरहेको धरान मेगा हिमालयन कलेज अहिलेका विद्यार्थीका लागि भरपर्दो गन्तव्य
बन्नेछ भन्न चाहान्छु आम अभिभावक तथा विद्यार्थीहरूलाई।