-रणध्वज लोहार
पानबारी/ मान्छे एक व्यक्ति तर पहिचान र नाम भने फरक फरक रुपले परिचित छन, धरानका नविन सुब्बा व मेनाङ्बो । चलचित्र क्षेत्रमा पनि अभिनय गरेर अहिले याक्थुङ चलचित्रकर्मी संघको केन्द्रिय अध्यक्ष समेत छन् ।
उनी लगभग १ दर्जनभन्दा बढी सामाजिक संघ संस्थाको जिम्मेवारी पदमा समेत जिम्मेवारी पदमा रहेर क्रियाशील रहेका छन् ।
उनी हाल मेन्याङ्बो कल्याणकारी संघको केन्द्रिय अध्यक्ष लगायत धेरै सामाजिक संघ संस्थाहरुमा आवद्ध भएर क्रियाशील रहेका छन् ।
साथै धरान उपमहानगरपालिका अन्र्तगतका सहकारीहरुको नगर अध्यक्ष रहेका छन् । सामाजिक कार्य बाहेक विजयपुर वचत तथा क्रण सहकारी सहकारी लिमिटेडका अध्यक्ष र संयम स्टोर धरानका सन्चालक समेत छन् ।
नेपाल भरी रहेका चलचित्रकर्मीहरुको साझा संस्था याक्थुम चलचित्रकर्मी संघको केन्द्रिय दोश्रो महाधिवेशन तथा चौथो साधारण सभा यही आउने चैत्र ७ गते धरानमा हुदैछ। कार्यक्रम विहान १० बजेदेखि शहीद स्मृती मा.वि. धरान –८ मा ह्ुने छ ।
साधारण सभा तथा महाधिवेशनको विषयमा पत्रकार रणध्वज लोहारले गरेको संक्षिप्त कुराकानी ः
# तपाई अनेकौ सामाजिक संघ संस्थामा आवद्ध हुनु हुन्छ , समय व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
अवस्य पनि म धेरै सामाजिक संघ संस्थामा आवद्ध भएर क्रियाशील छु । सामाजिक कार्य र मेरो व्यापार व्यवसाय पनि छ। सवै क्षेत्रमा समय मिलाई अघि बढेको छु ।
कतिपय बैठकहरुमा म आफुले समय व्यवस्थापन गर्नको लागि योजना नै बनेको हुन्छ । सोही अनुसार बैठक अनि काम व्यापार पनि उत्तिकै मिलाएर गर्दै आएको छु ।
व्यस्त नै हुन्छु ,कतिपय मिटिङहरु टिमसँग सल्लाह गरेर मिलाउने गर्दछु ।सेडुल्य अनुशार म आफुलाई समय दिन्छु । ब्यस्त नै होइन्छ र मलाई व्यस्त समय नै मन पर्छ ।
# तपाईले नेतृत्व गरेको याक्थुङ चलचित्रकर्मीसँगको महाधिवेशन र साधारण सभा हुदैछ, तयारी कस्तो छ ?
तयारी भव्य हुदैछ । यस पटक हामीले संघको चौथो साधारण सभा र दोश्रो केन्द्रिय महाधिवेशन गर्ने तयारी छ । जुन कार्यक्रम शहिद स्कुलमा गर्दैछौ ल।
यस पटक हामीले पहिलो महाधिवेशन नेपालभरीका चलचित्रकर्मीहरु,सांस्कृतिक कार्यक्रमहरु लगायत गरेका थियौ ।
तर यसपाली अलिक फरक तरीकाले गर्दैछौ। केन्द्रका प्रतिनिधी सदस्यहरु,साधारण सदस्य र शाखाका प्रतिनिधीहरु सहित जनप्रतिनिधीहरुको पनि उपस्थितीमा कार्यक्रम गर्दैछौ ।पुर्वमा रहेका अन्य चलचित्रकर्मीको पनि सहभागिता हुनेछ ।
#कार्यक्रममा के के हुन्छ ?
कार्यक्रम भव्य र सभ्य नै हुने छ । अव कार्यक्रमले नयाँ नेतृत्व चयन गर्दैछ । हाम्रो संघको बैठक पनि वसेका थियौं । मेरो पनि अव संघमा नबस्ने भनेर कुरा राखेको छु ।
एउटा मान्छे सधैभरी बस्नुभन्दा पनि अव अन्यलाई पनि नेतृत्व गर्ने अवसर दिनु पर्छ भन्ने छ । तर विधानतह २ कार्यकालसम्म पदमा रहेर काम गर्न सकिनेछ । साथीहरुबाट पनि अर्को कार्यकाल तपाईले नै गर्न पर्छ भन्ने कुरा आइरहेका छ।
साथै संघको भौतिक सम्पती संरचना निर्माण,राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान बनाएको संस्था भएकाले अझै संस्थालाई बाँकी कामहरु पुरा गर्न पनि मेरो नेतृत्व आवस्यक पर्छ अझै भन्ने छ।
# अव तपाई धरानको नगर सहकारी संघको अध्यक्ष र तपाई आफैंले पनि विजयपुर बचत तथा क्रण सहकारी संस्था लिमिटेडको अध्यक्ष हुनु हुन्छ तर अहिले सहकारी कमजोर भएर र विश्वास गुम्दै गएको भन्ने छ, डुव्यो भन्ने छ नी ?
हामी उहिले सानोमा हुँदा आमा वुवाले पनि भुत आयो भनेर तर्साउने गरिन्थ्यो ।
हामीलाई डर लाग्थ्यो । म आफु पनि विजयपु।र सहकारीको अध्यक्ष र धरानभरीका सहकारीको अध्यक्ष छु । सानो छँदा भुत भन्दा हामी भुत नै छ भन्ने लाग्थ्यो ।
सहकारीमा पनि एउटा भुत आयो तर अहिले त्यो पनि काम भईसकेको छ । विज्ञान र प्रविधीको युगमा केही सहकारीहरुमा समस्या आएको चाहिँ हो तर सबैमा होईन । सवै सहकारी डुव्यो भन्ने भयो तर अहिले पनि लगभग ३१ हजार सहकारी देशैभरी क्रियाशील छ । एक दुई वटामा समस्या आयो ।
धरानमा पनि एक दुईवटा सहकारीहरु डुव्यो तर धरानमा पनि ५९ वटा सहकारीहरु सक्रिय छन् ।सबै सहकारी क्रियाशील रहेका छन् । म आफैं पनि सहकरीको अध्यक्ष पनि हो ।
हाम्रो पनि क्रियाशील भएर लागि रहेको छ । विस्वासनीयत घटेको छैन । नेपालभरी ३१ हजार र५९ वटा सहकारी उतिकै सक्रिय छन् । पहिलो पकट सवै डुव्यो भन्ने थियो तर अहिले दुई चारवटामा समस्या आयो ।
तर संसारमा के नियम छ भने जुन सुकै क्षेत्रमा पनि संस्कृति छ विकृति पनि छ ,जहाँ सवाल पक्ष छ त्यहा दुर्बल पक्ष पनि छ । दुई चारवाट विग्रियो भनेर सवै विग्रिएको छैन । पाँच वर्षदेखि यता अहिले सवैमा सकारात्मक भई क्रियाशील पनि छ ।