विराटनगर/ विराटनगरमा खाल्डोभित्र शव फेला परेकी १४ वर्षीया चाँदनी यादवको हत्याको मुख्य कारण प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लागेको छ । घटनामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ज्यान सम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरेको हो । चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यले गरेको यकिन भएको छ । विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै माघ ११ गते दिउँसो चाँदनीको हत्या भएको थियो । घाँटी थिचेर मारेपछि राति मामाघरनजिकै खाल्डो ख
धरान/ बौद्धिक आगताहरुलाई लक्षित गरी धरान १६ मा सञ्चालित सुस्त मनःस्थिति बाल कल्याण विद्यालयले सोमबार ३७ औ अभिभावक दिवस एवम् बार्षिक उत्सवसँगै विद्यार्थीहरुलाई लक्षित गरी बनाइएको छात्रावासको उद्घाटन कार्यक्रम सम्पन्न गर्यो । सो अवरमा सञ्चालन समितिका पदाधिकारी, शिक्षक ता कर्मचारीहरुले सरकारी स्तरबाट पर्याप्त सहयोग नहुदा बौद्धिक अपांगता भएकाहरुको क्षमता अभिवृद्धिमा समस्या भएको बताएका थिए । धरान १६ मा रहेको सुस्त मनस्थिति विद्यालय जसले धरानमा रहेका बौद्धिक अपांगता भएका बालबालिकालाई शिक्षा प्रदानसँगै हेरचाहमा ठूलो सहयोग पुगेको छ । अहिले यो विद्यालयमा ८८ जना बौद्धिक अपांगता भएकाहरु अध्य
धरान/ नेपाल रेडक्रस सोसाइटी सुनसरीले मानवीय सेवासँगै सञ्चालन गरेको रक्त सञ्चार सेवा प्रभावकारी बन्दै गएको छ। ५० औं जिल्ला सभाको अवसरमा रेडक्रसले विपद् व्यवस्थापन, उद्धार, आर्थिक सहायता तथा रक्तदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगेकाे बताइएको छ। कोशी प्रदेशकी सांसद यसोदा कायस्थले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको उल्लेख गर्दै रेडक्रसलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताइन्। नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष बासुदेव गौतमले सुनसरी शाखाले ११७ स्थानबाट वार्षिक ४ लाख पिन्ट रगत संकलन गर्ने उल्लेख गर्दै अस्पतालहरूमा रगत अभाव हुन नदिएको बताए। धरान–१ मा सम्पन्
धरान/ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा धरान उप–महानगरपालिका–८ की २९ वर्षीया सुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो २ बजे, धरान उप–महानगरपालिका–१६ स्थित कुन्ता शर्माको घरमा कोठा भाडामा लिएर बस्दै आएकी तामाङ लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कोठाबाट लागूऔषध ट्रामाडोल ३ हजार २१० क्याप्सुल, प्रतिबन्धित औषधि क्एब्क्एभ्क्त् १ हजार ६६० ट्याब्लेट र क्एब्क्एब्क्ष्ल् ७३० ट्याब्लेट बरामद गरेको छ। पक्राउ परेकी तामाङलाई थप अनुसन्धानका लागि इलाका
धरान/ भारतको ओडिसा राज्यस्थित कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्व विद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको फागुन ४ गते भएको निधनप्रति नेपाली विद्यार्थीहरुले दुःख व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाली विद्यार्थीहरुमाथि गरेको दुव्र्यवहारको घोर भत्र्सना गरेका छन् । फागुन ४ गते भारतको ओडिसास्थित कलिङ्गा इन्स्च्यिुट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अप्रत्याशित घट्ना घट्यो । हेटौडा निवासी नेपाली चेली लम्सालको शंकास्पद मृत्युले सबैलाई भावविह्लमात्र बनाएन लम्सालको मृत्यु प्रति शंका उत्पन्न गराएको छ । नेपाली चेलीको शंकास्पद
झापा/ माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’ को सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, विर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त अनुदान दिएको थियो । दाताबाट प्राप्त अनुदानमा लगानी साझेदारी स्वरुप ती स्थानीय तहले रु एक करोड ३७ लाख ८३ हजार तीन सय ३८ थप गरी कुल लागत रु नौ करोड १८ लाख ८८ हजार नौ सय २३ मा प्रशोधन केन्द्र निर्मा
धरान/ धरान उपमहानगरपालिका-१६ का २० वर्षीय निशान तामाङलाई प्रहरीले प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल-१८२ क्याप्सुल र स्पास्पेन-१८२ चक्कीसहित उनलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, मोरङको मिक्लाजुङ-७ मा इलाका प्रहरी कार्यालय मधुमल्लाको टोलीले २० वर्षीय मनिष राईको घरमा छापा मार्दा ट्रामाडोल-९६, स्पास्टिन-२३८ क्याप्सुल र नाईट्रेजेपाम-४ ट्याबलेट बरामद गरेको छ। उदयपुरको त्रियुगा नगरपालिका-३ मा गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले २७ वर्षीय दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरूविर
धरान । चौकीबारी युवा समाज धरानले चौकीबारी साँझ २०८१ नामक सांगीतिक कार्यक्रम गरि धरान १९ नम्बर वडाबाट प्रतिनिधित्व गर्दै विभिन्न खेलमा स्वर्णपदक विजेता खेलाडीहरु र वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने भएको छ । “खेलाडी र कलाकारहरुलाई प्रोत्साहन, जेष्ठ नागरिकहरुलाई अभिनन्दन” भन्ने उदेश्यका साथ यही फागुन १४ गते शिवरात्रीको अवसरमा “चौकीबारी साँझ २०८१” को आयोजना गरि धरान १९ बाट स्वर्णपदक विजेता खेलाडीहरुलाई नगद सहित सम्मान, ८५ वर्ष उमेर माथिका वडा जेष्ठ नागरिकहरुलाई अभिनन्दन र दुव्र्यसनबाट पीडित विपन्न ३ जना युवाहरुलाई सुधारकेन्द्रमा लाग्ने शुल्क प्रदान गर्ने र ३० घर परिव
धरान । इटहरीमा फागुन ७ गते नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले ‘कोशी एक्सिलेन्स अवार्ड’को तयारी तीव्र पारेको छ । प्रदेश खबर दोस्रो वर्ष पूरा गरेर तेश्रो वर्षमा प्रवेश गरेको अवसरमा इटहरीमा भव्य कार्यक्रम गरी कोशी प्रदेशमा पहिलो पटक कोशी एक्सिलेन्स अवार्डको तयारी गरेको हो भने अवार्ड र सम्मानको लागि छनोैट गर्ने कार्य तीब्र भई रहेको मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले बताए । सम्मानित हुनेमा धरानबाट अग्रज पत्रकार एवम् मजदुर नेता भीम राई ज्वाला पनि छनौट भएका छन् । सम्मानित हुने राई यातायात मजदुरबाट उदाएर पत्रकारिता हुँदै हाल केन्द्रिय स्तरका
प्रत्येक वर्ष हिउँद याम लाग्नासाथ बराहक्षेत्र नगरपालिकाका बासिन्दाहरूलाई एउटै पीरले सताउँछ– जंगली हात्तीको आतंक । भारतबाट मेची नदी पार गरी झापा हुँदै मोरङका जंगल पार गरेर सुनसरीका विभिन्न क्षेत्रसम्म आइपुग्ने हात्तीहरूले बराहक्षेत्रका गाउँहरूमा त्रासको माहोल सिर्जना गर्ने गरेका छन् । यस क्रममा हात्तीले जंगल छेउका गाउँहरूमा प्रवेश गर्दा बाली नष्ट गर्ने, गोठ भत्काउने र जनधनको क्षति पुर्याउने घटना बारम्बार हुने गरेका छन् । पछिल्लो तिन वर्षमा मात्रै जंगली हात्तीले दुई स्थानीयको ज्यान लिइसकेको छ भने केही स्थानीयहरु घाइते समेत भएको पाइन्छ । बराहक्षेत्रमा जंगली हात्तीको आक्रमणबाट २०७९ म