धनकुटामा  बस दुर्घटना : एकको मृत्यु, १४ घाइते

  • वैशाख २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटा नगरपालिका–६ गोलाइ नजिकै आज बिहान भएको एक यात्रुवाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस ब्रेक फेल भई बिहान १०:१० बजे सडकबाट करिब ५० मिटर तल खसेको हो।

दुर्घटनामा परी ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा बिहान ११:४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए।

दुर्घटनामा घाइते भएका १४ जनामध्ये चार जनाको अवस्था गम्भीर छ। उनीहरूलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

बाँकी घाइतेहरूको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ।

 घाइते:

१. भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष अन्दाजि  २० को सुर्यमणी तामाङ।
२. साेही ठाउँका अनमोल तामाङ। 
३. सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४८ को कृष्ण राउत। 
४.बस चालक-जिल्ला सुनसरी धरान उपमनपा १३ बस्ने वर्ष ५१ को रुद्र तामाङलाई जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको। सामन्य उपचार पश्चात बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
५. भजपुर पौवादुम्बा गापा वडा नम्बर ३  च्याङ्रे बस्ने वर्ष ८० को गंगा प्रसाद सापकोटा विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
६. भोजपुर भोजपुर नपा ११ बस्ने वर्ष २४ की  सविना बराइली।
७.  भोजपुर नपा ११ बस्ने वर्ष ६० को देवी विक।
८. धनकुटा साँगुरीगढी गापा ६ बस्ने वर्ष ६० को हंश वहादुर राईकाे विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
९. भोजपुर षडानन्दा नपा ११ बस्ने वर्ष ५१ को पुर्ण माया तामाङ।  
१०.जिल्ला सुनसरी इटहरी उपमनपा ४ बस्ने वर्ष १७ को आयुष राई।
११.धनकुटा नगरपालिक वडा नम्बर ६ बस्ने वर्ष ३४ को धन कुमार विक।
१२. भोजपुर नपा ११ बस्ने वर्ष ५८ को लिला बहादुर श्रेष्ठलाई  विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ । 
१३. धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर ६  बस्ने वर्ष ६० की दिर्घ माया राई।

घटनाबारे बाँकी विवरण आउन बाँकी छ। 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved