गायिका सरस्वती रिमालको “धेरै तिर धाए मैले” योग गीत सार्वजनिक(भिडियो सहित)

  • वैशाख २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  लोकसंगीतप्रेमीहरूबीच परिचित गायिका सरस्वती रिमालले आफ्नो नयाँ योग गीत “धेरै तिर धाए मैले धेरै दुःख पाए” सार्वजनिक गरेकी छन्।

युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतमा जीवनका संघर्ष, माया र गहिरो अनुभूतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

योग गीत भन्नाले केवल भौतिक प्रेम वा मनोरञ्जनभन्दा पर, मानिसको जीवनयात्रा, आत्मानुभूति र आध्यात्मिक भावनालाई समेटिएको संगीतलाई जनाइन्छ।

यस गीतमा पनि व्यक्तिको जीवनमा भोगिएका दुःख, भौतिक मोह, संघर्ष र त्यसबाट प्राप्त आत्मचिन्तन झल्किन्छ। गीतले श्रोतालाई आफ्नै जीवनसँग तुलना गर्न बाध्य पार्ने खालको भाव बोकेको छ।

भिडियो :

गीतमा शब्द तथा स्वर स्वयं सरस्वती रिमालकै रहेको छ भने संगीत विगत राईले गरेका छन्। संगीत संयोजन हेम सुब्बाले गरेका हुन् भने भिडियो निर्देशन रेशन भट्टराईले सम्हालेका छन्।

अडियो रेकर्डिङ धरानस्थित न्यू भावना डिजिटल स्टुडियोमा गरिएको हो। गीतमा नेपाली लोकधुनको गहिरो स्वाद पाइन्छ, जसले परम्परा र आत्मदर्शन दुवैलाई समेट्छ।

सार्वजनिक भएसँगै गीतले दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीत सरस्वती रिमालको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिन्छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved