धरानमा ठूलो परिमाणको लागू औषधसहित दुई जना पक्राउ

  • वैशाख २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा प्रहरीले ठूलो परिमाणको लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २०८२/०१/२३गते धरान उपमहानगरपालिका–३ स्थित क्वालिटी फुड कर्नर होटल एण्ड लजको कोठा नम्बर ३ बाट ३१ वर्षीय निखिल उर्फ वसन्त राजवंशीलाई नियन्त्रणमा लिइएको हो। उनी कैलाली, धनगढीका स्थायी बासिन्दा हुन्।

राजवंशीको साथबाट ३७० क्याप्सुल स्पास्मोप्रोक्सिभोन बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन साँझ ८:१५ बजे धरान उपमहानगरपालिका–८ स्थित सभागृह नजिकैको एक घरमा गरिएको अर्को छापामा ३८ वर्षीय मनोज विक पक्राउ परेका छन्।

प्रहरीका अनुसार विकको कोठाबाट ८९२ क्याप्सुल स्पास्मोप्रोक्सिभोन, ७० चक्की नाइट्रोसन र ४० बोतल कोडिनयुक्त खैरसिरप (स्कुफ) बरामद गरिएको छ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved